Kathmandu Press

म्यानमारविरुद्धको मैत्रीपूर्ण खेलका लागि नेपाली राष्ट्रिय टिमको घोषणा

मुख्य प्रशिक्षक भिसेन्जो अल्बार्टो एनेसले किरण चेम्जोङको कप्तानीमा आइतबार २३ सदस्यीय टिम घोषणा गरेका हुन्।
म्यानमारविरुद्धको मैत्रीपूर्ण खेलका लागि नेपाली राष्ट्रिय टिमको घोषणा

काठमाडाैं, भदाै १७ : मुख्य प्रशिक्षक भिसेन्जो अल्बार्टो एनेसले म्यानमारविरुद्धको मैत्रीपूर्ण खेलका लागि नेपाली राष्ट्रिय फुटबल टिमको घोषणा गरेका छन्। उनले किरण चेम्जोङको कप्तानीमा आइतबार २३ सदस्यीय टिम घोषणा गरेका हुन्।

प्रशिक्षक एनेसले भारतमा भएको साफ च्याम्पियन्ससिप खेलको टिममा १० परिवर्तन गरेका छन्। एनेसले अनुभवी खेलाडीद्वय स्ट्राइकर विमल घर्तिमगर र डिफेन्डर देवेन्द्र तामाङलाई पनि टिमबाहिर राखेका छन्।

Hardik ivf

विमल र देवेन्द्रसँगै साफ खेलेका विमल पाण्डे, सिमान्त थापा, विशाल श्रेष्ठ, मणिकुमार लामा र नविन लामा टिममा परेनन्। निशान खड्का, पुजन उपरकोटी र दिपकराज सिंह ठकुरी अष्ट्रेलिया पलायन भइसकेका छन्।

मुख्य प्रशिक्षक एनेसले ७ नयाँ अनुहारलाई टिममा ल्याएका छन्। आशिष गुरुङ, अन्जन राई, छिरिङ लामा, उत्सव राई, हिसुब थपलिया, जिलेस्पीजंग कार्की र कृतिशरत्न छुञ्जु पहिलो पटक राष्ट्रिय टिममा राखेका छन्।

अक्टोबरमा हुने विश्वकप छनोटको लागि नेपाल तयारीका लागि नेपालले म्यानमारसँग २ मैत्रीपूर्ण खेल खेल्न लागेको हो। खेल म्यानमारमा सेप्टेम्बर ८ र ११ मा हुनेछ।

नेपाली टिम : किरण चेम्जोङ, दीप कार्की, अभिषेक बराल (गोलकिपर), सनिश श्रेष्ठ, अनन्त तामाङ, आशिष गुरुङ, रोहित चन्द,  अन्जन राई,  छिरिङ लामा (डिफेन्डर), एरिक विष्ट, सुदीप गुरुङ, लाकेन लिम्बू, आवास लामिछाने, उत्सव राई, कृतिशरत्न छुञ्जु (मिडफिल्डर), आयुष घलान, नवयुग श्रेष्ठ, अन्जन विष्ट, मनिष डाँगी, आशिष चौधरी, जिलेस्पीजंग कार्की, दिनेश हेन्जन, हिसुब थपलिया (स्ट्राइकर)।

प्रकाशित मिति: १८:४२ बजे, आइतबार, भदौ १७, २०८०
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्