Kathmandu Press

भक्तपुरको थिमिमा देखाइयाे मल्लकालीन भैरव नाच भैलः प्याखँ

भक्तपुरको थिमिमा देखाइयाे मल्लकालीन भैरव नाच भैलः प्याखँ

भक्तपुर, भदाै १७ : भक्तपुरको थिमिमा मल्लकालीन थिमिमा भैरव नाच (भैलः प्याखँ) देखाइएको छ।

प्रत्येक वर्ष गाईजात्राको भोलिपल्टदेखि चार रात प्रदर्शन हुने मल्लकालीन यो नाच थिमिको ऐतिहासिक नाच मानिन्छ।

Hardik ivf

मौलिक एवं पौराणिक महत्त्व बोकेको प्राचीन भैरव नाच भाद्र कृष्ण द्वितिया (गुँलागा द्वितीया) देखि पञ्चमीसम्म चार दिन मध्यपुर थिमि नगरको टोल टोलमा प्रदर्शन गरिन्छ।

भैल प्याँख प्रदर्शनका लागि अनिवार्य रूपमा विभिन्न शास्त्रीय तथा तान्त्रिक विधि पूरागर्नुपर्ने स्थानीय संस्कृतिविद्हरुको भनाइ छ। मध्यपुर थिमि क्षेत्रमा तीन ठाउँबाट भैरव नाच निकाल्ने परम्परा छ।

थिमिमा राक्षस, भूतप्रेतले दुःख दिएका कारण भैरवको साधना गरेर भैरव नाच निकाल्ने किम्वदन्ती रहेको थिमि भैल चपाचो २०८० व्यवस्थापन समितिका संयोजक चन्द्रकृष्ण प्रजापतिले जानकारी दिनुभयो। उहाले कला संस्कृति जोगाउनका लागि नाचलाई परम्परा दिन युवाहरुबाट सहयोग प्राप्त भएको बताए।  

थिमिको लायकूबाट निकाल्ने लायकू भैल भनिन्छ भने थिमिकै तुलननी र नासननीबाट निकाल्ने नाचलाई थिमी भैल भनिन्छ।

thimi bhairav nach_Moment ftnbtenteh1693730694.jpg

प्रकाशित मिति: १४:०२ बजे, आइतबार, भदौ १७, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्