Kathmandu Press

कोशी खारेज गर्नुपर्ने भन्दै किरात थाक्थुङ चुम्लुङले मनायाे स्थापना दिवस

कोशी खारेज गर्नुपर्ने भन्दै किरात थाक्थुङ चुम्लुङले मनायाे स्थापना दिवस

काठमाडाैं, भदाै १७ : कोशी प्रदेश नामकरण विरुद्ध काठमाडौंमा बसोबास गर्दै आइरहेका किराँत समुदायले विरोध स्वरुप किरात थाक्थुङ चुम्लुङको स्थापना दिवस मनाएका छन्। 

ललितपुरको जावलाखेलमा उनीहरुले प्रदेशको नाम कोशी खारेज गर्नुपर्ने, ऐतिहासिक पहिचानका आधारमा लिम्वुवान किरात कायम गर्नुपर्ने भन्दै सडकमा नै किरात थाक्थुङ चुम्लुङको ३५ औै स्थापना दिवस मनाएका हुन्।

Hardik ivf

koshi pradesh birodh_Moment tentRT1693727616.jpg

सांस्कृतिक पहिचानसहित भेला भएका उनीहरुले १ नंवर प्रदेशको नाम पहिचानका आधारमा हुनुपर्ने मुख्य माग रहेको जनाएका छन्। राज्यले आफुहरुमाथि बिभेदकारी नीति लिएको र पहिचान मास्ने काम गरेकाले लोकसांस्कृतिक बाजासहित बाध्य भएर स्थापना दिवस मनाउनुपरेको उनीहरुले बताएका छन्।

त्यस्तै उनीहरुले पहिचानका आधारमा प्रदेशको नामाकरण नभए आन्दोलन जारी राख्ने चेतावनी दिएका छन्। प्रदर्शनमा सहभागीहरुले कोशी नाम खारेज गर, सवैखाले विभेदकारी कानूनहरु खारेज गर लगाएतका प्लेकार्ड प्रदर्शन गरेका थिए। 

koshi pradesh birodh_Moment GNTENRth1693727597.jpg

प्रकाशित मिति: १३:२५ बजे, आइतबार, भदौ १७, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्