Kathmandu Press

अभिनेत्री निरुता सिंहले गरिन् विवाह

आफूलाई विवाह कहिले गर्ने भन्ने धेरै प्रश्न आएको भन्दै उनले गत बिहीबार अर्थात ३१ अगस्टमा विवाह गरेको बताएकी छन्।
अभिनेत्री निरुता सिंहले गरिन् विवाह

काठमाडौं, भदौ १६ : अभिनेत्री निरुता सिंह वैवाहिक बन्धनमा बाँधिएकी छिन्। निरुताले मुम्बई निवासी सञ्जीव गुलाटीसँग विवाह गरेकी छिन्।

निरुताले समाजिक सञ्जाल फेसबुकमार्फतमा फोटो पोस्ट गर्दै विवाह बन्धनमा बाँधिको जनाएकी छिन्।

आफूलाई विवाह कहिले गर्ने भन्ने धेरै प्रश्न आएको भन्दै उनले गत बिहीबार अर्थात ३१ अगस्टमा विवाह गरेको बताएकी छन्। निरुताले आफूलाई माया गरेर आफूले अभिनय गरेका चलचित्रलाई सफल बनाइदिएकामा दर्कहरुलाई धन्यवाद पनि दिएकी छन् ।

कुनै समय नेपालकी लोकप्रिय अभिनेत्री निरुता सिंह पछिल्लो समय भारतमा बस्दै आएकी छिन्।  ‘दक्षिणा’बाट नेपाली चलचित्रमा अभिनय सुरु गरेकी उनको दर्पण छाया, आफन्त, बन्धकी, दुई किनारालगायतका चलचित्र सफल थिए।

प्रकाशित मिति: १७:५२ बजे, शनिबार, भदौ १६, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्