Kathmandu Press

पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोधमा राप्रपाका विद्यार्थीहरुकाे प्रदर्शन

पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोधमा राप्रपाका विद्यार्थीहरुकाे प्रदर्शन

काठमाडाैं, भदाै १६ : पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोधमा राप्रपा निकट विद्यार्थीहरुले काठमाडौंको बानेश्वरमा प्रदर्शन गरेका छन्। 

अस्वाभाविक रुपमा भएको मूल्यवृद्धि फिर्ता हुनुपर्ने भन्दै राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संघले शनिबार काठमाडौंमा प्रदर्शन गरेको हो।

Hardik ivf

पेट्रोलियम पदार्थको मूल्यवृद्धिले दैनिक उपभोग्य बस्तुको पनि मूल्यबृद्धि हुने र त्यसको असर विद्यार्थीलगायत सर्वसाधारणमा पर्न जाने भएकाले मूल्यवृद्धि फिर्ता हुनुपर्ने उनीहरुको भनाइ छ।

प्रदर्शनमा उत्रिएका बिद्यार्थीहरुले मूल्यवृद्धि फिर्ता गर, विद्यार्थीहरुलाई ग्यास सहुलियत गर लगाएतका प्लेकार्डका साथै खाली सिलिन्डर प्रदर्शन गरेका थिए।

बिहीबार मात्रै नेपाल आयल निगमको सञ्चालक समिति बैठकले ग्यासको मूल्य पनि २३५ रुपैयाँ, पेट्रोलमा प्रतिलिटर ४ र डिजेलमा ३ रुपैयाँले वृद्धि गरेको थियो। 

प्रकाशित मिति: १६:२३ बजे, शनिबार, भदौ १६, २०८०
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्