Kathmandu Press

जनकपुरमा सुरु भयो ‘जनकपुर नेपाली जुत्ता घर’

जनकपुरमा सुरु भयो ‘जनकपुर नेपाली जुत्ता घर’

धनुषा, भदौ १६ : मधेश प्रदेशको राजधानी जनकपुरधामा ‘नेपाली उत्पादनको प्रवद्र्धन हाम्रो अभियान’ मुल नारासहित नेपाली उत्पादनका जुत्ताचप्पलको संयुक्त शोरुम ‘जनकपुर नेपाली जुत्ता घर’ संचालनमा आएको छ।

जनकपुर उपमहानगरपालिकाको शिव चोक, स्टेशन रोडमा (नगरपालिकाको गेटको छेउमै) रहेको जनकपुर नेपाली जुत्ता घरको सञ्चालनमा आएको हो। सोरुमको जनकपुर उपमहानगरपालिकाका मेयर मनोजकुमार साह, उपमेयर किशोरी साह, जनकपुर उद्योग वणिज्य महासंघका अध्यक्ष जितेन्द्र महासेठले उद्घाटन गरेका थिए।

नेपालका प्रख्यात ब्राण्डहरुले संयुक्तरुपमा संचालनमा ल्याएको शोरुममा नेपाली उत्पादनका स्वदेशी गुणस्तरीय जुत्ताचप्पलहरु उपलब्ध छन्।

Hardik ivf

जनकपुरमा स्वदेशी उत्पादनका जुत्ताचप्पलको भब्य शोरुम संचालनमा आएकोमा मेयर साहले खुशी व्यक्त गरे। उनले संचालकहरुलाई व्यवसायिक सफलताको शुभकामना दिदै स्वदेशी जुत्ताचप्पलको प्रयोग बढाउनका लागि उपमहानगरपालिकाले सहयोग र सहकार्य गर्ने प्रतिवद्धता जनाए।

नेपाली उत्पादनका स्वदेशी जुत्ताचप्पललाई स्थानीयतहमा पु¥याउने र नेपालीहरुलाई स्वदेशी जुत्ता प्रयोग गर्न प्रेरित गर्ने उद्धेश्यका साथ संयुक्त शोरुम संचालनमा ल्याइएको जनकपुर नेपाली जुत्ता घरका संयोजक तथा केटिएम सुजका प्रवन्ध निर्देशक प्रमोद महतोले जानकारी दिए।

nnn1693581060.jpg

‘जुत्ताचप्पलका संचालकहरुले डाइरेक्ट कुनै मार्जिन नराखी उत्पादन लागतमा नै उपभोक्तालाई उपलब्ध गराउने हुँदा सस्तो र गुणस्तरीय सामाग्री जनकपुरवासीले पाउनुहुनेछ’ संयोजक महतोले भने ।  
आफ्नै घर आँगनमा स्वदेशी उत्पादनका जुत्ताचप्पलको भब्य शोरुम संचालनमा आएपछि उपभोक्ताको चाप बढ्न थालेको छ।

शोरुममा एक महिनासम्म ५० प्रतिशतसम्म छुटको व्यवस्था गरेको जानकारी दिदै उद्घाटनको एक सातासम्म अझ आकर्षक छुटको व्यवस्था रहेको आयोजकको भनाई छ।

शोरुममा ८ वटा ब्राण्डका ५ हजारभन्दा बढि नयाँ नयाँ डिजाइनका जुत्ताचप्पल उपलब्ध रहेको जनाइएको छ । व्यवसायीहरुको भन्दा पनि उपभोक्तको मुल्यमा जुत्ताचप्पल पाइने भएकाले मौकाको फाइदा उठाउन आयोजकको आग्रह छ।

नेपालका प्रख्यात ब्राण्डहरु केटिएम सुज, फस्ट वाक, डिएफ डियर हिल, रोयल सुज, क्रस रोड, शिल सुज, डिजे सुज र बेली सुज शोरुममा रहेका छन्।

नेपाली उत्पादनलाई प्रबद्र्धन गर्नको लागि देशव्यापी रुपमा मेला तथा शोरुमहरु बिस्तार गर्दै आएको व्यवसायीहरुको समुहले बजारमा पाउनेभन्दा एकदमै सस्तो मुल्यमा गुणस्तरिय जुत्ताचप्पल बिक्रि वितरण गर्नुका साथै स्वदेशमा नै स्तरिय जुत्ता बन्दोरहेछ भनेर प्रमाणित गरिरहेका छन्।

जनकपुरमा संचालनमा आएको संयुक्त शोरुमबाट अहिलेको अवस्थामा आर्थिक मन्दी खेपिरहेका उपभोक्ता तथा व्यवसायीलाई राहत दिने संचालकहरुको भनाई छ।

स्वदेशी उत्पादनलाई प्रवद्र्धन गर्न र स्वदेशी उत्पादनका जुत्ताचप्पललाई माया गर्न आफ्नै आँगनमा संचालनमा आएको शोरुममा गएर स्वदेशी जुत्ताचप्पल खरिद गरी मौकाको फाइदा उठाउन आयोजकको आग्रह छ।

 

 

प्रकाशित मिति: ०७:५३ बजे, शनिबार, भदौ १६, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्