Kathmandu Press

महोत्सवमा पुस्तक ‘किङ्डम लस्ट’ मा छलफल

यशस्वी प्रज्ञा प्रतिष्ठान नेपाल र कलिङ साहित्य महोत्सव ९केएलएफ० भारतको संयुक्त आयोजनामा आजदेखि सुरु भएको महोत्सव यही भदौ १७ गतेसम्म सञ्चालन हुनेछ।
महोत्सवमा पुस्तक ‘किङ्डम लस्ट’ मा छलफल

काठमाडौं, भदौ १५ : आजदेखि सुरू भएको त्रिदिवसीय ‘काठमाडौं–कलिङ साहित्य महोत्सव’मा सागर एसजेबी राणाले लेखेको पुस्तक ‘किङ्डम लस्ट ः नेपाल ट्रयास्ट विथ डेमोक्रेसी’मा छलफल भएको छ ।

छलफलमा प्राध्यापक बद्रीनारायण गौतम, कांग्रेस नेता डा. मीनेन्द्र रिजाल, इन्स्टिच्युट फर इन्टरग्रेटेड डेभलोपमेण्ट स्टडिज निर्देशक सुचिता प्याकुरेल, कांग्रेस नेता तथा अध्येता शंकर तिवारी सहभागी थिए।

Hardik ivf

छलफलमा लेखक राणाले भावी पुस्तालाई इतिहासबारे जानकारी दिने उद्देश्यले पुस्तक लेखेको जानकारी दिए। ‘इतिहास बुझाएनौँ र हामी को हौँ भन्ने सिकाएनौँ भने कसरी नेपाली भनेर भावना राख्छन्,’ उनले भने।

पुस्तकका बारेमा टिप्पणी गर्दै प्राध्यापक गौतमले इतिहासको तथ्यसँग निकै नजिक रहेको बताए। उनले भने, ‘ओझेलमा रहेका र हराउन लागेका विषयलाई किताबमा समेटिएको छ। विसं २००७ देखि ०६५ सम्मको सिलेसिलेवार प्रस्तुति छ। यो जनताको इतिहासको आँखीझ्याल हो।’

कांग्रेस नेता रिजालले पुस्तकले इतिहासका लुकेका पाटालाई उजागर गरेको बताए। उनले प्रजातन्त्रअघि र पछाडिका थुप्रै पाटाहरू पुस्तकमा समावेश भएको बताए। पुस्तकले प्रजातन्त्र र लोकतन्त्रको प्राप्तिसँगै त्यसको महत्त्वसँग जानकार गराएको बताए।

निर्देशक प्याकुरेलले कांग्रेसको राजनीतिक अवस्था इतिहास पुस्तकबाट थाहा पाउन सकिने बताइन्। पुस्तकलाई महिलाको मुद्दाबाट केलाउँदा आन्दोलमा महिलाले गरेको योगदानका बारेमा चर्चा भएको नपाइएको गुनासो गरिन्।

यशस्वी प्रज्ञा प्रतिष्ठान नेपाल र कलिङ साहित्य महोत्सव ९केएलएफ० भारतको संयुक्त आयोजनामा आजदेखि सुरु भएको महोत्सव यही भदौ १७ गतेसम्म सञ्चालन हुनेछ।

प्रकाशित मिति: २०:१९ बजे, शुक्रबार, भदौ १५, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्