Kathmandu Press

पिएसजी ग्रुप अफ डेथमा, सिटी, रियल र बार्सिलोनालाई सहज

बिहीबार राति भएको समूह विभाजन अनुसार फ्रेन्च क्लब पिएसजी सबैभन्दा कठीन समूहमा पर्दा डिफेन्डिङ च्याम्पियन म्यान्चेस्टर सिटी, स्पेनिस जाइन्ट रियल मड्रिड र बार्सिलोना सहज समूहमा परेका छन्।
पिएसजी ग्रुप अफ डेथमा, सिटी, रियल र बार्सिलोनालाई सहज

काठमाडाैं, भदाै १५ : युईएफए च्याम्पियन्स लिगको समूह विभाजन गरिएको छ। बिहीबार राति भएको समूह विभाजन अनुसार फ्रेन्च क्लब पिएसजी सबैभन्दा कठीन समूहमा पर्दा डिफेन्डिङ च्याम्पियन म्यान्चेस्टर सिटी, स्पेनिस जाइन्ट रियल मड्रिड र बार्सिलोना सहज समूहमा परेका छन्।

ड्रअनुसार लुइस एनरिकेको टिम पिएसजी जर्मन क्लब बोरुसिया डर्टमन्ड, इटालियन क्लब एसी मिलान र इंग्लिस क्लब न्युकासल युइनाइटेडसँगै समूह एफमा परेकोछ। यी चारै एक अर्कालाई हराउन सक्षम छन्।

Hardik ivf

ड्रअनुसार समूह एमा जर्मन क्लब बायर्न म्युनिख, इंग्लिस क्लब म्यान्चेस्टर युनाइटेड, डेनिस क्लब एफसी कोपनहेगन र टर्किस क्लब गालातासारे छन्।

यस्तै, समूह बीमा गतसिजनको युरोपा लिग विजेता स्पेनिस क्लब सेभिया, इंग्लिस क्लब आर्सनल, नेदरल्यान्ड्सको क्लब पिएसभी इन्डहोभन र फ्रेन्च क्लब लेन्स छन्।

यसैगरी समूह सीमा च्याम्पियन्स लिगको सर्वाधिक सफल टिम रियल मड्रिडसँगै इटालीको नापोली, पोर्चुगलको क्लब ब्रागा र जर्मनीको युनियन बर्लिन छन्। यस्तै, डीमा पोर्चुगिज क्लब बेन्फिका, गतसिजनको फाइनलिस्ट इटालीको इन्टर मिलान, अष्ट्रियाको साल्जबर्ग र स्पेनको रियल सोसिडाड छन्।

समूह इमा डच क्लब फेयनूड, स्पेनिस क्लब एट्लेटिको मड्रिड, इटालियन क्लब लाजियो र स्कटिस क्लब सेल्टिक छन् भने जीमा डिफेन्डिङ च्याम्पियन म्यान्चेस्टर सिटीसँगै जर्मनीको आरबी लेइपजिग, सर्बियाको कार्वेना जावेडा छन्।

यस्तै, समूह एचमा स्पेनिस जाइन्ट बार्सिालेनासँगै पोर्चुगलको एफसी पोर्टो, युक्रेनको सख्तर डोनेस्क र बेल्जियमको रोयल एन्टवर्प छन्।

च्याम्पियन्स लिगको समूहचरणका खेल सेप्टेम्बर १९बाट सुरु हुनेछ।

प्रकाशित मिति: ११:३५ बजे, शुक्रबार, भदौ १५, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्