Kathmandu Press

मेसीलाई पछि पार्दै हालान्ड बने युईएफएको सर्वोत्कृष्ट खेलाडी

२३ वर्षीय हालान्डले अर्जेन्टिनी सुपरस्टार लियोनेल मेसी र आफ्नै टिममेट बेल्जियन स्टार केभिन डेब्रयुनालाई पछि युईएफएको सर्वोत्कृष्ट खेलाडी अवार्ड जिते।
मेसीलाई पछि पार्दै हालान्ड बने युईएफएको सर्वोत्कृष्ट खेलाडी

काठमाडाैं, भदाै १५ : एर्लिङ हालान्ड युईएफएको सर्वोत्कृष्ट खेलाडी बनेका छन्। इंग्लिस क्लब म्यान्चेस्टर सिटी आएको पहिलो सिजनलाई क्लबलाई ट्रेबल जिताउन हालान्ड महत्वपूर्ण भूमिका खेलेका थिए।

२३ वर्षीय हालान्डले अर्जेन्टिनी सुपरस्टार लियोनेल मेसी र आफ्नै टिममेट बेल्जियन स्टार केभिन डेब्रयुनालाई पछि युईएफएको सर्वोत्कृष्ट खेलाडी अवार्ड जिते। मोनाकोमा आयोजित एक समारोहबीच युईएफएका अध्यक्ष अलेक्सान्डर केफरिनले हालान्डलाई अवार्ड प्रदान गरे।

Hardik ivf

हालान्डले गत सिजन क्लब र देशका लागि ६२ खेलमा ६० गोल गरेका थिए । उनले पहिलो प्रिमियर लिग सिजनमै मोहम्मद सालाहको एक सिजनको गोल रेकर्ड तोड्दै ३६ गोल गरेका थिए। उनले च्याम्पियन्स लिगमा ११ खेलमा १२ गोल गरेका थिए ।

uefa1693545552.jpg

यस्तै महिलातर्फ युईएफएको वर्ष खेलाडी बार्सिलोनाकी स्पेनिस स्ट्राइकर आइटाना बोनमाटीले जितिन्। उनले गत सिजन बार्सिलोनाका लागि स्पेनिस लिग सुपर कोपा र च्याम्पियन लिग जिताएकी थिइन् भने अघिल्लो महिनामात्र स्पेनलाई विश्वकप जिताएकी थिइन्।

म्यानचेस्टर सिटीका स्पेनिस प्रशिक्षक पेप गार्डीओलाले उत्कृष्ट पुरुष प्रशिक्षक बन्दा उत्कृष्ट महिला प्रशिक्षक इंग्ल्यान्डको महिला टिमकी प्रशिक्षक सरिना विगमन बनिन्।

यस्तै, युईएफए प्रेसिडिन्ड अवार्ड जर्मनीको पूर्वस्ट्राइकर मिरोस्लाभ क्लोसलाई प्रदान गरिएयो। क्लोस विश्वकपका सर्वाधिक गोलकर्ता हुन्।

प्रकाशित मिति: १०:५९ बजे, शुक्रबार, भदौ १५, २०८०
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्