Kathmandu Press

काठमाडौं महानगर क्षेत्रमा आज सार्वजनिक बिदा

महानगरका प्रमुख प्रशासकीय अधिकृत बसन्त अधिकारीले बिदासम्बन्धी सूचना जारी गर्दै शुक्रबार सार्वजनिक बिदा दिइने उल्लेख गरेका छन्।
काठमाडौं महानगर क्षेत्रमा आज सार्वजनिक बिदा

काठमाडौं, भदौ १५ : काठमाडौं महानगरपालिकामा शुक्रबार सार्वजनिक बिदा दिइएको छ। उपत्यकामा मनाइने सापारु र रोपाइ जात्राका अवसरमा महानगरले आज सार्वजनिक बिदाको घोषणा गरेको हो।

महानगरका प्रमुख प्रशासकीय अधिकृत बसन्त अधिकारीले बिदासम्बन्धी सूचना जारी गर्दै शुक्रबार सार्वजनिक बिदा दिइने उल्लेख गरेका छन्। मौलिक अमूर्त सम्पदाको संरक्षणका लागि काठमाडौं महानगरपालिका भित्र सार्वजनिक बिदा दिइएको सूचनामा उल्लेख गरिएको छ।

नेवार समुदायले काठमाडौंमा बिहीबार नै गाईजात्रा मनाए पनि आज रोपाइँ जात्रा मनाउने भएपछि महानगरपालिकाले सो निर्णय गरेको हो।

प्रकाशित मिति: ०८:१५ बजे, शुक्रबार, भदौ १५, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्