Kathmandu Press

सुन्दरीजलदेखि चोभारसम्म र्‍याफ्टिङ

सुन्दरीजलदेखि चोभारसम्म र्‍याफ्टिङ

काठमाडौं, भदौ १४ : वाग्मती नदीलाई स्वच्छ राख्न र वाग्मती सभ्यताको जगेर्ना गर्ने उद्देश्यले सुन्दरीजलदेखि चोभारसम्म र्याफ्टिङ आयोजना गरिने भएको छ।

जिल्ला समन्वय समिति काठमाडौले भदौ १६ गते शनिबार र्‍याफ्टिङ गर्न लागेको हो।

Hardik ivf

वाग्मतीलाई स्वच्छ, सफा र सुन्दर बनाउन, नदीमा प्रदूषण नियन्त्रणका लागि जनचेतना अभिवृद्धि गर्ने, पर्यटन प्रवर्द्धनमा टेवा पुर्याउने उद्देश्यले र्‍याफ्टिङ आयोजना गर्न लागिएको जिल्ला समन्वय समितिका प्रमुख सन्तोष बुढाथोकीले बताए।

काठमाडौंका नदी किनारा आसपासका क्षेत्रमा पर्यटन प्रवर्द्धनका लागि सम्भावनाको खोजी गर्ने, वाग्मती सभ्यतालाई उजागर गर्ने उद्देश्यले काठमाडौं महानगर र १० वटै नगरपालिकाको सहयोगमा जिल्ला समन्वय समिति काठमाडौंले र्‍याफ्टिङ आयोजना गर्न उनले बताए।

गोकर्णेश्वर नगरपालिकाको सुन्दरीजलबाट सुरु हुने र्‍याफ्टिङ कार्यक्रमलाई नेपाल र्‍याफ्टिङ एन्ड क्यानोइङ संघ र बागमती प्रदेश र्‍याफ्टिङ एन्ड क्यानोइङ संघले प्राविधिक सहयोग गरेका छन्।

नेपाल एशोसिएसन अफ र्‍याफ्टिङ एजेन्सिज (नरा)का अध्यक्ष शिव अधिकारीले वाग्मतीको सभ्यता र संस्कृतिको संरक्षण प्रवर्द्धनका साथै जल पर्यटन प्रवर्द्धनमा र्‍याफ्टिङले भूमिका खेल्ने विश्वास व्यक्त गरे।

प्रकाशित मिति: १९:०९ बजे, बिहीबार, भदौ १४, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्