Kathmandu Press

सार्वजनिक बिदामा आउँदैनन् सेवाग्राही

विभिन्न सार्वजनिक बिदामा पनि तीन प्रकारका सेवा प्रवाह सञ्चार गर्ने निर्णय गरे पनि बिहीबार काठमाडौँ जिल्ला प्रशासन कार्यालयमा सुनसान जस्तै देखिएको छ।
सार्वजनिक बिदामा आउँदैनन् सेवाग्राही

काठमाडौं, भदौ १४ : जनैपूर्णिमा तथा रक्षाबन्धनको अवसरमा सरकारले सार्वजनिक बिदा दिएको छ। विभिन्न सार्वजनिक बिदामा पनि तीन प्रकारका सेवा प्रवाह सञ्चार गर्ने निर्णय गरे पनि बिहीबार काठमाडौँ जिल्ला प्रशासन कार्यालयमा सुनसान जस्तै देखिएको छ।

जिल्ला प्रशासन कार्यालय काठमाडौंले गत वैशाख छ गते सूचना प्रकाशित गरी विभिन्न १८ प्रकारका सार्वजनिक बिदामा नागरिकता, राहदानी र राष्ट्रिय परिचयपत्रसम्बन्धी जस्ता सेवा सञ्चालन गरे निर्णय गरेको थियो। सोही अनुसार आज नियमित सेवा सञ्चालन भए पनि सेवाग्राहीको सङ्ख्या अत्यन्तै न्यून मात्रै रहेको कार्यालयको भनाइ छ।

Hardik ivf

दैनिक करिब औसत दुई सय सेवाग्राही राहदानीसम्बन्धी सेवा लिनका लागि आउने गरेकोमा कार्यालयमा आज ७३ जनाको पालो भए पनि २८ जना मात्र लिन आएको सहायक प्रमुख जिल्ला अधिकारी खड्गबहादुर श्रेष्ठले जानकारी दिए।

त्यस्तै, दैनिक एक सय २० देखि दुईसयसम्म राष्ट्रिय परिचयपत्र लिन आउने गरेकोमा आज जम्मा पाँच जनामात्र आएको उनको भनाइ छ।

श्रेष्ठले सेवा प्रवाहका लागि समयमै कार्यालय खुलेको भए पनि सेवाग्राहीहरु सेवा लिन सोचेअनुरुप नआउने गरेको बताए। ‘सरकारको निर्णयअनुसार समयमै कार्यालय खोलेर सबै कर्मचारीहरु सेवामा हाजिर छौं,’ उनले भने, ‘तर, सेवा लिन आउँदैनन्, जानकारी नभएर पनि हुनसक्छ।’
     

प्रकाशित मिति: १७:१० बजे, बिहीबार, भदौ १४, २०८०
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्