Kathmandu Press

ह्याम्सले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भित्र निः शुल्क स्वास्थ्य सेवा दिने 

विमानस्थल सञ्चालनका क्रममा आइपर्ने आकस्मिक  स्वास्थ्य सेवा र यात्रु तथा कर्मचारीहरूलाई जुनसुकै समयमा पर्ने आकस्मिक  स्वास्थ्य सेवा प्रदान गर्न उच्चस्तरीय क्लिनिक स्थापना गरी सञ्चालन गर्ने विषयमा सम्झौता भएको हो ।
ह्याम्सले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भित्र निः शुल्क स्वास्थ्य सेवा दिने 

काठमाडौं, भदौ १४ : त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नागरिक उड्डयन कार्यालय र ह्याम्स अस्पतालबिच  त्रिभुवन विमानस्थलमा निस्शुल्क स्वास्थ्य सेवा प्रदान गर्ने  विषयमा सम्झौता भएको छ।

विमानस्थल सञ्चालनका क्रममा आइपर्ने आकस्मिक  स्वास्थ्य सेवा र यात्रु तथा कर्मचारीहरूलाई जुनसुकै समयमा पर्ने आकस्मिक  स्वास्थ्य सेवा प्रदान गर्न उच्चस्तरीय क्लिनिक स्थापना गरी सञ्चालन गर्ने विषयमा सम्झौता भएको हो ।

इमर्जेन्सी क्लिनिकमा चौबीसै घण्टा एक चिकित्सक र एक नर्स वा पारामेडिक्स द्वारा पुनरुत्थान ब्याकअप सहित सेवा प्रदान गरिने ह्याम्स अस्पतालका अध्यक्ष आर। एस भण्डारीले जानकारी दिए ।

अस्पतालको  सामाजिक उत्तरदायित्व अन्तर्गत उक्त सेवा प्रदान गरिने भण्डारी बताउँछन् ।

विमानस्थलमा इमर्जेन्सी सेवा पछि थप उपचार गर्नुपरे ह्याम्स अस्पताल सम्म निस्शुल्क एम्बुलेन्स सेवा प्रदान गरिने भण्डारीले जानकारी दिए । सम्झौता अनुसार विमानस्थलमा ह्याम्स अस्पतालको  एम्बुलेन्स चौबिसै घण्टा उपलब्ध हुनेछ ।

यस सम्झौता अनुसार विमानस्थलमा ह्याम्स अस्पतालले क्लिनिक सन्चालन गर्न  आवस्यक स्थान नागरिक उड्डयन कार्यालयले निस्शुल्क उपलब्ध गराउने बताइएको छ ।

ह्याम्स अस्पतालको  तर्फबाट हवाई यात्रु तथा विमानस्थल कर्मचारीका लागि स्वास्थ्य जाँच, प्राथमिक स्वास्थ्य उपचार, आपतकालीन सेवा अन्तर्गत अचानक हृदयघातहुँदाको अवस्थामा दक्ष स्वास्थ्यकर्मी द्वारा यात्रु तथा कर्मचारीलाई थप सहज हुने सम्झौतापत्रमा उल्लेख छ । यो सम्झौता ३ वर्षका लागि गरिएको हो ।

यस्तै जहाज दुर्घटना हुँदाको अवस्थामा उद्वारमा  तत्काल उपस्थिति र स्वास्थ्य शिविर लगायतको व्यवस्थाले यात्रु तथा कर्मचारीहरूलाई थप सुविधा प्राप्त हुने त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले जानकारी दिएको छ ।

सम्झौता पत्रमा ह्याम्स अस्पतालको तर्फबाट वरिस्ठ निर्देशक सची रेग्मी र विमानस्थलको तर्फबाट कर्पोरेट महाशाखा प्रमुख नारायणी देवी श्रेष्ठले हस्ताक्षर गरेका छन् ।

प्रकाशित मिति: ०८:३० बजे, बिहीबार, भदौ १४, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्