‘जनकपुर नेपाली जुत्ता घर’ भोलिबाट सञ्चालनमा आउँदै
जनकपुर उपमहानगरपालि शिव चोक, स्टेशन रोडमा (नगरपालिकाको गेटको छेउमै) भदौ १४ गते भोलिदेखि संचालनमा आउन लागेको हो। नेपालका प्रख्यात ब्राण्डहरुले संयुक्तरुपमा संचालनमा ल्याउन लागेको शोरुममा नेपाली उत्पादनका जुत्ताचप्पलहरु उपलब्ध गराइने जनाइएको छ।काठमाडाैं, भदाै १३ : ‘नेपाली उत्पादनको प्रवर्धन हाम्रो अभियान’ मुल नारासहित नेपाली उत्पादनका जुत्ताचप्पलको संयुक्त शोरुम ‘जनकपुर नेपाली जुत्ता घर’ संचालनमा आउने भएको छ।
जनकपुर उपमहानगरपालि शिव चोक, स्टेशन रोडमा (नगरपालिकाको गेटको छेउमै) भदौ १४ गते भोलिदेखि संचालनमा आउन लागेको हो। नेपालका प्रख्यात ब्राण्डहरुले संयुक्तरुपमा संचालनमा ल्याउन लागेको शोरुममा नेपाली उत्पादनका जुत्ताचप्पलहरु उपलब्ध गराइने जनाइएको छ।
शोरुमको उद्घाटन जनकपुर उपमहानगरपालिक मेयर मनोज कुमार साहले गर्ने कार्यक्रम रहेको आयोजकले जानकारी दिएका छन्।
नेपाली उत्पादनका स्वदेशी जुत्ताचप्पललाई स्थानीयतहमा पुर्याउने र नेपालीहरुलाई स्वदेशी जुत्ता प्रयोग गर्न प्रेरित गर्ने उदेश्यका साथ संयुक्त शोरुम संचालनमा ल्याउन लागेको जानकारी केटिएम सुजका संचालक प्रमोद महतोले जानकारी दिए।
शोरुममा एक महिनासम्म ५० प्रतिशतसम्म छुटको व्यवस्था गरेको जानकारी दिदै उद्घाटनको एक सातासम्म अझ आकर्षक छुटको व्यवस्था रहेको आयोजकको भनाइ छ।
शोरुममा ८ वटा ब्राण्डका ५ हजारभन्दा बढि नयाँ नयाँ डिजाइनका जुत्ताचप्पल उपलब्ध रहने जनाइएको छ। व्यवसायीहरुको भन्दा पनि उपभोक्तको मुल्यमा जुत्ताचप्पल पाइने भएकाले मौकाको फाइदा उठाउन आयोजकको आग्रह छ।
नेपालका प्रख्यात ब्राण्डहरु केटिएम सुज, फस्ट वाक, डिएफ डियर हिल, रोयल सुज, क्रस रोड, शिल सुज, डिजे सुज र बेली सुज शोरुममा रहने छन्।
नेपाली उत्पादनलाई प्रवर्धन गर्न देशव्यापी रुपमा मेला तथा शोरुमहरु बिस्तार गर्दै आएको व्यवसायीहरुको समुहले बजारमा पाउनेभन्दा एकदमै सस्तो मुल्यमा गुणस्तरिय जुत्ताचप्पल बिक्रि वितरण गर्नुका साथै स्वदेशमा नै स्तरिय जुत्ता बन्दोरहेछ भनेर प्रमाणित गरिरहेका छन्।
जनकपुरमा सञ्चालनमा आउने संयुक्त शोरुमबाट अहिलेको अवस्थामा आर्थिक मन्दी खेपिरहेका उपभोक्ता तथा व्यवसायीलाई राहत दिने संचालकहरुको भनाई छ।
स्वदेशी उत्पादनलाई प्रवद्र्धन गर्न र स्वदेशी उत्पादनका जुत्ताचप्पललाई माया गर्न आफ्नै आँगनमा संचालनमा आउन लागेको शोरुममा गएर स्वदेशी जुत्ताचप्पल खरिद गरि साथ दिन आयोजकको आग्रह छ।