Kathmandu Press

बैंकिङ कसुरमा दुई वर्ष कैद तोकिएका व्यक्ति पक्राउ 

कास्की जिल्ला अदालत पोखराको गत असार १ गतेको आदेशानुसार दुई वर्ष कैद सजाय तोकी फरार रहेका प्रतिवादी राजेन्द्र भण्डारी र निर्मला कार्की भण्डारीलाई सतुङ्गलबाट पक्राउ गरिएको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीले जानकारी दिए।
बैंकिङ कसुरमा दुई वर्ष कैद तोकिएका व्यक्ति पक्राउ 

काठमाडाैं, भदाै १३ : चेक अनादर गरेको बैंकिङ कसुरमा दोषी ठहर भइ दुई वर्ष कैद तोकिएर फरार भएका दुई व्यक्तिलाई प्रहरीले काठमाडौँको सतुंगलबाट पक्राउ गरेको छ।

कास्की जिल्ला अदालत पोखराको गत असार १ गतेको आदेशानुसार दुई वर्ष कैद सजाय तोकी फरार रहेका प्रतिवादी राजेन्द्र भण्डारी र निर्मला कार्की भण्डारीलाई सतुङ्गलबाट पक्राउ गरिएको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीले जानकारी दिए।

Hardik ivf

मदन केसीको जाहेरीले वादी नेपाल सरकार प्रतिवादी कास्की घर भई हाल जिल्ला काठमाडौँको सतुङ्गल घर भएका ४५ वर्षीय राजेन्द्र भण्डारी भएको चेक अनादर बिगो मुद्दामा उनी दोषी ठहर भएका थिए। निर्मला कार्की ९भण्डारी० विरुद्ध प्रविनकुमार श्रेष्ठले जाहेरी दिएका थिए।

उनीहरूलाई आवश्यक प्रक्रिया पूरा गरी फैसला कार्यान्वयन तथा थप अनुसन्धानका लागि काठमाडौँबाट वडा प्रहरी कार्यालय रामबजार कास्की पठाइएको रेग्मीले जानकारी दिए।

प्रकाशित मिति: १२:३८ बजे, बुधबार, भदौ १३, २०८०
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्