अरिङ्गालले टोक्दा स्याङ्जाको किचनासमा एक जनाको मृत्यु
स्याङ्जाको बिरूवा गाउँपालिका वडा नं. १ किचनासमा अरिङ्गाल पोल्ने क्रममा अरिङ्गालले टोक्दा सोही ठाउँका बर्ष २८ को चेलिस श्रेष्ठको मृत्यु भएको हो ।
स्याङ्जा, भदौ १३ : स्याङ्जामा अरिङ्गालले टोक्दा एक जनाको मृत्यु भएको छ ।
स्याङ्जाको बिरूवा गाउँपालिका वडा नं. १ किचनासमा अरिङ्गाल पोल्ने क्रममा अरिङ्गालले टोक्दा सोही ठाउँका बर्ष २८ को चेलिस श्रेष्ठको मृत्यु भएको हो । बुधबार साँझ अरिङ्गाल पोल्न गएका ६ जनाको समूहलाई अरिङ्गालले टोकेको थियो ।
अरिङ्गालले टोकी घाईते भई गण्डकी मेडिकल कलेज पोखरामा उपचारको लागि पठाईएको श्रेष्ठको आज बिहान मृत्यु भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रहरी नायव उपरीक्षक रविन्द्र खनालले जानकारी दिए ।
अन्य ५ जनालाई भने केही नभएको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति: ०८:०० बजे, बुधबार, भदौ १३, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार












