सिम्रिक एयरको पक्षमा उच्च अदालतको अन्तरिम आदेश
नेपाल नागरिक उड्डयन प्राधिकरणले साउन ३२ गते काटेको पत्र कार्यान्वयन नगर्न न्यायाधीश रमेश ढकालको एकल इजलासले अन्तरिम आदेश जारी गरेको हो।
काठमाडौं, भदौ १२ : उच्च अदालत पाटनले सिम्रिक एयरको पक्षमा अन्तरिम आदेश जारी गरेको छ।
नेपाल नागरिक उड्डयन प्राधिकरणले साउन ३२ गते काटेको पत्र कार्यान्वयन नगर्न न्यायाधीश रमेश ढकालको एकल इजलासले अन्तरिम आदेश जारी गरेको हो।
प्राधिकरणले भने सोमबार नै सिम्रिक एयरका अध्यक्ष रामेश्वर थापालाई १० हजार रुपैयाँ जरिवाना गरिसकेको छ ।
प्राधिकरणले भदौ १ गते आफू अध्यक्ष रहेको मिडियाको दुरुपयोग गरेर उडान सुरक्षाविपरीतको गतिविधि गरेको भन्दै थापालाई सातदिने स्पष्टीकरण सोधेको थियो।
‘प्राधिकरण वा महानिर्देशकबाट जारी भएको वा हुने निर्देशन वा सर्कुलरको विषयमा सम्बन्धित सरोकारकर्ता र व्यक्तिले आफ्नो चासो, सरोकार र टिप्पणी व्यक्त गर्न सक्छ। त्यस्तो चासो, सरोकार वा टिप्पणीलाई प्रेसले अवश्यकताअनुसार स्थान दिन सक्छ र दिनु पनि पर्छ,’ आदेशमा उल्लेख छ ।
प्रकाशित मिति: १९:१६ बजे, मंगलबार, भदौ १२, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार












