Kathmandu Press

नेप्सेमा समान्य अंकको गिरावट

आज दुई सय ७८ कम्पनीको ४० लाख छ हजार सात सय ३९ कित्ता शेयर २९ हजार छ सय ४० पटक खरिदबिक्री हुँदा कारोबार रकम ८६ करोड ५१ लाख २० हजार चार सय ५२ रुपैयाँमा खुम्चिएको छ।
नेप्सेमा समान्य अंकको गिरावट

काठमाडौं, भदौ १२ : मंगलबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा सामान्य अंकको गिरावट देखिएको छ। आज नेप्से परिसूचक पाँच दशमलव ०५ अंकले घटेर एक हजार नौ सय ९३ दशमलव ४२ अंकमा कायम भएको छ।

आज दुई सय ७८ कम्पनीको ४० लाख छ हजार सात सय ३९ कित्ता शेयर २९ हजार छ सय ४० पटक खरिदबिक्री हुँदा कारोबार रकम ८६ करोड ५१ लाख २० हजार चार सय ५२ रुपैयाँमा खुम्चिएको छ।

Hardik ivf

लगानी समूह, म्युचुअल फन्ड, निर्जीवन बीमा र व्यापार समूहको उपसूचक बढेका छन् भने बाँकी सबै समूहको उपसूचक घटेको छ। लगानी समूह शून्य दशमलव ०९, म्युचुअल फन्ड शून्य दशमलव ०४, निर्जीवन बीमा पाँच दशमलव ६१ र व्यापार शून्य दशमलव ८० अंकले बढेका छन्।

सबैभन्दा धेरै घट्नेमा भने जीवन बीमा समूह ५० दशमलव ०१ र होटल तथा पर्यटन ३५ दशमलव ५८ अंकले घटेका छन्।

त्यस्तै, बैंकिङ दुई दशमलव १९, विकास बैंक २१ दशमलव १७, वित्त चार दशमलव ८८, जलविद्युत् ११ दशमलव ४१, उत्पादन तथा प्रशोधन ३१ दशमलव ४२, लघुवित्त शून्य दशमलव ६० र अन्य समूह तीन दशमलव १२ अंकले घटेको छ।

आजको कारोबारमा कुथेली बुखारी स्मल हाइड्रोपावर लिमिटेडको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ। त्यस्तै, सबैभन्दा धेरै गुमाउनेमा भने स्वाभिमान लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर मूल्य प्रतिकित्ता चार दशमलव ८३ प्रतिशतले घटेको छ।

कारोबार भएका शेयर संख्याका आधारमा आज सबैभन्दा धेरै माछापुच्छ्रे  बैंक लिमिटेडको तीन करोड ६२ लाख दुई हजार छ सय ५९ रुपैयाँ बराबरको कारोबार भएको छ। कारोबार भएका शेयर सङ्ख्याका आधारमा भने सिद्धार्थ इक्विटी फन्डको चार लाख ६७ हजार ४५ कित्ता किनबेच भएको छ।

प्रकाशित मिति: १६:३५ बजे, मंगलबार, भदौ १२, २०८०
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्