Kathmandu Press

डा. उप्रेतीलाई प्रसिद्ध विकास लेखन पुरस्कार

डा. उप्रेतीलाई प्रसिद्ध विकास लेखन पुरस्कार

काठमाडौं, भदौ १२ : नेपाल सहभागिमूलक कार्य समूह (नेपान)ले यो वर्षको ‘प्रसिद्ध कणेल स्मृति विकास लेखन राष्ट्रिय पुरस्कार’ विकास अभियन्ता तथा लेखिका डा. अरुणा उप्रेतीलाई प्रदान गर्ने भएको छ।

महिला अधिकारका सवाल तथा पोषणसम्बन्धी बहुआयामिक विषयमा लामो समयदेखि कलम चलाई विभिन्न पुस्तकसमेत प्रकाशन गरेकी उनले नेपाली रैथाने खानाको प्रवर्द्धन गरी पत्रु खाना नियन्त्रण गर्नुपर्नेमा समेत नागरिक चेतना जगाउँदै आएकी छिन्।

भदौ २३ गते काठमाडौंमा हुने नेपानको २९औं वार्षिक साधारणसभाको अवसरमा डा. उप्रेतीलाई उक्त पुरस्कार अर्पण गरिने अध्यक्ष डा. अनोज क्षेत्रीले बताए।

यसअघि यो पुरस्कार सहप्राध्यापक गम्भीरबहादुर हाडा, द्वन्द्वविद् डा विष्णुराज उप्रेती, प्रशासन तथा व्यवस्थापनविद् डा मानबहादुर विश्वकर्मा, ग्रामीण विकासविद् प्राडा नरविक्रम थापा र डा. चण्डीप्रसाद चापागाईंले प्राप्त गरिसकेका छन्।

प्रकाशित मिति: १६:०५ बजे, मंगलबार, भदौ १२, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्