Kathmandu Press

बडिमालिका दर्शनका लागि गएका २ जनाको सेनाको हेलिकोप्टरमार्फत उद्धार

लडेर घाइते भएका न्यौपानेको टाउकोमा गम्भीर चोट लागेकाले अवस्था चिन्ताजनक रहेको जिल्ला अस्पताल बाजुराले जनाएको छ भने धामीको जिल्ला अस्पताल बाजुरामा उपचारपछि घर फर्काइएको छ।
बडिमालिका दर्शनका लागि गएका २ जनाको सेनाको हेलिकोप्टरमार्फत उद्धार

बाजुरा, भदौ १२ : धार्मिक तथा पर्यटकीय क्षेत्र बडिमालिकाको दर्शन गर्न गएका दुई जनालाई नेपाली सेनाको हेलिकोप्टरमार्फत उद्धार गरिएको छ।

अक्सिजन अभाव भएपछि बिरामी भएका उनीहरुलाई मंगलबार नेपाली सेनाको हेलिकोप्टरमार्फत उद्धार गरिएको जिल्ला प्रशासन कार्यालय बाजुराले जनाएको छ।

Hardik ivf

सोमबार बडिमालिकाको त्रिवेणीधाममा अक्सिजन अभावका कारण लडेर घाइते भएका कालिकोट जिल्लाका कलापा गाउँपालिका–१ का ३९ वर्षीय धनप्रसाद न्यौपाने र दमको रोगबाट ग्रसित बझाङ जयपृथ्वी नगरपालिका–९ की अन्दाजी ७० वर्षीया झुपु धामीको नेपाली सेनाको एनए–०६१ बेलको हेलिकोप्टरमार्फत उद्धार गरिएको हो।

लडेर घाइते भएका न्यौपानेको टाउकोमा गम्भीर चोट लागेकाले अवस्था चिन्ताजनक रहेको जिल्ला अस्पताल बाजुराले जनाएको छ भने धामीको जिल्ला अस्पताल बाजुरामा उपचारपछि घर फर्काइएको छ।

बडिमालिकाको दर्शनका लागि गएका तीर्थयात्री न्यौपाने सोमबार दिउँसो २ः४५ बजे त्रिवेणी पाटनस्थित खोलामा बेहोस अवस्थामा भेटिएका थिए। उनलाई दुर्गाभञ्जन गुल्मले त्रिवेणीमा सञ्चालन गरेको मेडिकल क्याम्पमा ल्याई अक्सिजनसहित प्राथमिक उपचारपछि मंगलबार सुर्खेत पठाइएको दुर्गाभञ्जन गुल्म बाजुराले जनाएको छ।

घाइते भएर बेहोस भएका न्यौपाने बर्बराउने र बेला–बेलामा बोल्ने गरेकाले थप उपचारका लागि सुर्खेत पठाइएको गुल्मका गुल्मपति सेनानी धर्मेन्द्रबहादुर सिंहले बताए।

सोमबार उद्धारका लागि नेपाली सेनाको हेलिकोप्टर बडिमालिकाको त्रिवेणीधाममा गएको भए पनि मौसम खराबीका कारण मार्तडीमा राखिएको थियो।

प्रकाशित मिति: ११:३९ बजे, मंगलबार, भदौ १२, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्