पहाडी क्षेत्रका केही ठाउँमा हल्कादेखि मध्यम वर्षाको सम्भावना
दिउँसो र राति पनि यी प्रदेशका केही ठाउँमा पानी पर्ने सम्भावना रहेको मौसमविद्ले बताएका छन् । मौसमविद्का अनुसार आज पहाडी क्षेत्रका केही ठाउँमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।
काठमाडौं, भदौ १२ : आज बिहान कोशी, बाग्मती र गण्डकी प्रदेशका केही ठाउँमा हल्कादेखि मध्यम वर्षा भएको छ।
दिउँसो र राति पनि यी प्रदेशका केही ठाउँमा पानी पर्ने सम्भावना रहेको मौसमविद्ले बताएका छन् । मौसमविद्का अनुसार आज पहाडी क्षेत्रका केही ठाउँमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। यस्तै, अन्य क्षेत्रका एकरदुई ठाउँमा पनि हल्कादेखि मध्यम वर्षा हुने छ ।
काठमाडौंमा पनि दिउँसो पानी पर्ने अनुमान छ । तर, आज लगातार झरी पर्ने सम्भावना भने नरहेको मौसमविद् झाले बताए । उनका अनुसार अहिले देशका धेरै ठाउँको मौसम आंशिकदेखि सामान्य बदली छ ।
प्रकाशित मिति: ०८:३२ बजे, मंगलबार, भदौ १२, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार












