Kathmandu Press

रामेछापको दोरम्बामा ट्रक दुर्घटना हुँदा ५ जना घाइते, २ जनाको अवस्था गम्भीर

रामेछापको दोरम्बामा ट्रक दुर्घटना हुँदा ५ जना घाइते, २ जनाको अवस्था गम्भीर

रामेछाप, भदौ ११ : रामेछापको दोरम्बा शैलुङ गाउँपालिका २ बोदलमा सोमबार अपराह्न बा ५ ख ४०३८ नम्बरको ट्रक दुर्घटना हुँदा ५ जना घाइते भएका छन्। घाइतेमध्ये २ जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय रामेछापका अनुसार दोरम्बा २ को घट्टेखोलामा निर्माणाधीन पुलको सामग्री लिएर त्यसतर्फ जाँदै गरेको ट्रक अनियन्त्रित भएर सडकबाट करिब २ सय मिटर खसेको थियो।

Hardik ivf

निर्माण सामग्री बोकेको ट्रकका चालक दोरम्बाका ३२ वर्षीय युनिक पाठक र यात्रु सोही ठाउँका ध्रुव पाठक सिकिस्त घाइते भएका छन्।

त्यसैगरी कुमार बसेल, कुमार योञ्जन र रामशरण तामाङ घाइते भएका छन्। उनीहरुको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ।

 

प्रकाशित मिति: २०:३९ बजे, सोमबार, भदौ ११, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्