Kathmandu Press

एमाले कोशी अधिवेशनका लागि असोज ५ गते एकै दिन प्रतिनिधि छनोट गरिने

प्रदेश कमिटीको आइतबार बसेको बैठकले प्रदेशभर सबै स्थानीय तहमा एकै दिन प्रतिनिधि छनोट गर्ने निर्णय गरेको हो। काेशी प्रदेश अधिवेशन  असोज १२ र १३ गते विराटनगरमा हुनेछ।
एमाले कोशी अधिवेशनका लागि असोज ५ गते एकै दिन प्रतिनिधि छनोट गरिने

विराटनगर, भदौ ११ : एमालेले कोशी प्रदेश अधिवेशनका लागि असोज ५ गते एकै दिन प्रतिनिधि छनोट गर्ने निर्णय गरेको छ।

प्रदेश कमिटीको आइतबार बसेको बैठकले प्रदेशभर सबै स्थानीय तहमा एकै दिन प्रतिनिधि छनोट गर्ने निर्णय गरेको हो। काेशी प्रदेश अधिवेशन  असोज १२ र १३ गते विराटनगरमा हुनेछ।

एक हजारसम्म सदस्य रहेको पालिकाबाट १०० जना बराबर एक र त्यसभन्दा बढी सदस्य भएको पालिकामा १५० जना बराबर एक जना अधिवेशन प्रतिनिधि छनोट गर्ने नियम बनाइएको छ। सबै पालिकाबाट गरी हजारदेखि ११ सय जनासम्म प्रतिनिधि आउनेछन् ।

प्रदेश कमिटीले पार्टी प्रवेश गरेकाहरुलाई एकै दिन भदौ २३ गते शपथग्रहण गराउने निर्णय पनि गरेको छ। प्रदेश अधिवेशन सञ्चालनका लागि १४ वटा उपसमिति बनाइएकाे छ।

बैठकले कोशी प्रदेशको समृद्धिको खाका तयार गर्न पूर्वमुख्यमन्त्री शेरधन राईको नेतृत्वमा पूर्व मुख्यमन्त्री हिक्मतकुमार कार्की र सुवोध प्याकुरेल सदस्य रहनेगरी तीन सदस्यीय कार्यदल पनि बनाएको छ।

प्रकाशित मिति: १२:३९ बजे, सोमबार, भदौ ११, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्