७ गोल भएको थ्रिलर म्याचमा बार्सिलोना विजयी
स्पेनिस ला लिगाअन्तर्गत आइतबार राति भएको बार्सिलोना र भिल्लारियलबीचको निकै रोमाञ्चक, प्रतिस्पर्धात्मक र थ्रिलर बन्यो। ७ गोल भएको थ्रिलर म्याचमा बार्सिलोना ४–३ले विजयी भयो।
काठमाडाैं, भदाै ११ : स्पेनिस ला लिगाअन्तर्गत आइतबार राति भएको बार्सिलोना र भिल्लारियलबीचको निकै रोमाञ्चक, प्रतिस्पर्धात्मक र थ्रिलर बन्यो। ७ गोल भएको थ्रिलर म्याचमा बार्सिलोना ४–३ले विजयी भयो।
सुरुआतमै बार्सिलोना ३ मिनेटमा २ गोल गर्दै खेलमा २–०को अग्रता लियो। उसका लागि १२औं मिनेटमा गाभी र १५औं मिनेटमा फ्र्यांकी डि योङले गोल गरेका थिए।
त्यसपछि खेल एकपक्षीय हुने अनुमान गरियो। तर, त्यस्तो भएन, भिल्लारियलले पहिलो हाफमै खेललाई २–२को बराबरीमा ल्यायो। उसका लागि २६औं मिनेटमा फोयथ र ४०औं मिनेटमा अलेक्जान्डर सोलोथले गोल गरेका थिए।
दोस्रो हाफको सुरुआतमै भिल्लारियलले खेलमा अग्रता बनायो । ५०औं मिनेटमा उसका एलेक्स बाइनाले गोल गरेका थिए।
तर, त्यसपछि ३ मिनेट अन्तरमा २ गोल गर्दै बार्सिलोनाले खेल आफ्नो पक्षमा बनायो। ६८औं मिनेटमा सफ्टिच्युट विंगर फरान टोरेसले गोल गर्दै खेललाई ३–३को बरारीमा ल्याए। ७१औं मिनेटमा रोबर्ट लेवान्डोस्कीले गोल गर्दै रोमाञ्चक खेलमा बार्सिलोनालाई ४–३को जित दिलाए।
यो जितपछि तीन खेलबाट सात अंक जोडेको बार्सिलोना अंक तालिकाको तेस्रो स्थानमा छ। शीर्षस्थानको रियल मड्रिडको ९ अंक छ। पराजित भिल्ला रियल भने तीन खेलबाट तीन अंक बनाएर १३औं स्थानमा छ।
![माइतीघरमा भूमिहीन सुकुम्बासी, सहकारी र मिटरव्याज पीडितहरूको प्रदर्शन [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-11_3737e6f6-1785242166.jpg)










