Kathmandu Press

करेन्ट लागेर बैतडीमा एकको मृत्यु

करेन्ट लागेर बैतडीमा एकको मृत्यु

बैतडी, भदौ १० : करेन्ट लागेर बैतडीमा एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा दशरथचन्द नगरपालिका–५ पल्लाचौडालीका ४४ वर्षीय नवराज लेखक रहेका बैतडीका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक खेमविक्रम केसीले जानकारी दिए।

उनका अनुसार घरभित्र कोठामा बिजुलीको तार जोड्ने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएका लेखकको जिल्ला अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो।  

त्यस्तै, दशरथचन्द नगरपालिका– ५ आइतका ४३ वर्षीय केशवदत्त लेखक९लछु० मृत भेट्टिएका छन् । केशव वडा नं ५ को कार्यालय नजिकै मृत फेला परेका प्रहरी निरीक्षक केसीले बताए। उनका अनुसार शनिबार घरबाट निस्केका केशव आइतबार बिहान मृत फेला परेका हुन्।

केशवको मृत्युको कारण खुल्न सकेको नसकेको प्रहरी प्रवक्ता केसीले जानकारी दिए। 'शव परीक्षणका लागि जिल्ला अस्पतालमा राखिएको छ”, उनले, 'परीक्षण रिपोर्टपछि के कति कारणले मृत्यु भएको खुल्ने छ।'

अहिले घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ। 

प्रकाशित मिति: १५:५३ बजे, आइतबार, भदौ १०, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्