Kathmandu Press

पहिरोले बिगुमा चार घरमा क्षति

पहिरो आउनुअघि नै घर छोडेर भागेका कारण मानवीय क्षति हुन नपाएको स्थानीय कुमार खड्काले जानकारी दिए।
पहिरोले बिगुमा चार घरमा क्षति

दोलखा, भदौ १० : दोलखामा पहिरोले चार घरमा क्षति पुर्‍याएको छ। अविरल वर्षासँगै गए राती बिगु गाउँपालिका–३ ओलीटारमा पहिरोले क्षति पुर्‍याएको हो। 

पहिरो आउनुअघि नै घर छोडेर भागेका कारण मानवीय क्षति हुन नपाएको स्थानीय कुमार खड्काले जानकारी दिए।

पहिरोबाट स्थानीय राजकुमार ओली, कमलप्रसाद ओली, उद्धवप्रसाद ओली र डम्बरप्रसाद ओलीको घरमा क्षति पुर्‍याएको हो।

पहिरोबाट पशुचौपाया र धानखेतीमा क्षति पुगेको उहाँले बताए। इलाका प्रहरी कार्यालय सिङ्गटीका अनुसार पहिरोले माथिल्लो तामाकोशी–लामाबगर सडक बगाएको छ।

सडक अवरुद्ध भएपछि गौरीशङ्कर र बिगु गाउँपालिकामा आवतजावत गर्न समस्या भएको छ। 

प्रकाशित मिति: १४:४१ बजे, आइतबार, भदौ १०, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्