Kathmandu Press

इन्जिनियरिङ शिक्षाको शुल्क वृद्धिविरूद्ध नेविसंघद्वारा बालुवाटारमा प्रदर्शन

अस्वाभाविक रुपमा इन्जिनियरिङ शिक्षाको शुल्क वृद्धि गरिएको भन्दै उनीहरुले बालुवाटारमा प्रदर्शन गरेका हुन्।
इन्जिनियरिङ शिक्षाको शुल्क वृद्धिविरूद्ध नेविसंघद्वारा बालुवाटारमा प्रदर्शन

काठमाडाैं, भदाै १० : इन्जिनियरिङ शिक्षाको शुल्क वृद्धिको विरोधमा नेपाल विद्यार्थी संघले प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा प्रदर्शन गरेको छ।

अस्वाभाविक रुपमा इन्जिनियरिङ शिक्षाको शुल्क वृद्धि गरिएको भन्दै उनीहरुले बालुवाटारमा प्रदर्शन गरेका हुन्। विद्यार्थीहरुले इन्जिनियरिङ अध्ययन संस्थानको एक सय ४४ प्रतिशतसम्म अवैज्ञानिक र असान्दर्भिक रुपमा शुल्क बृद्धि गरेको भन्दै तुरुन्त फिर्ता दिन माग गरेका छन् भने इन्जिनियरिङ अध्ययन संस्थानलाईसेन्टर अफ एक्सिलेन्सको रूपमा स्थापित गरी अनुदान बढाउनुपर्ने माग गरेका छन्।

Hardik ivf

सबै विश्वविद्यालयको इन्जिनियरिङ शिक्षामा एकै मापदण्ड तय गरी एकरुपता ल्याउनुपर्ने उनीहरुको भनाइ छ। प्रदर्शनमा नेविसंघका सभापति दुजाङ शेर्पाले विश्वविद्यालय पदाधिकारी र शिक्षामन्त्रीसंग आग्रह गर्दा पनि बढेको शुल्क फिर्ता नभएको भन्दै आफ्ना गुनासो प्रधानमन्त्रीलाई सुनाउन बालुवाटारमा धर्ना दिनुपरेको बताए। शिक्षा र स्वास्थ्य राज्यको दायित्व भएकाले विद्यार्थी र अभिभावकलाई मारमा पार्ने गरि शुल्कबृद्धि गर्न नहुने उनको भनाइ छ।

त्यस्तै नेविसंघकी केन्द्रीय सदस्य मिरा कटुवालले शिक्षाको शुल्क मात्रै बढाउने तर गुणस्तर नवढाउने कुरा स्वीकार्य नहुने बताएन्।त्यस्तै नेविसंघले इन्टर्नसिप, रोजगार सुनिश्चिता र रिसर्चको व्यवस्था गरिनुपर्ने, विद्यार्थीको विदेश पलायनलाई राष्ट्रिय संकट घोषणा गर्नुपर्ने माग राखेकाे छ।

प्रकाशित मिति: १३:४९ बजे, आइतबार, भदौ १०, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्