खेलकुदमन्त्री लिम्बूलाई डेङ्गु सङ्क्रमण, वीर अस्पताल भर्ना
मन्त्री लिम्बू केही दिन पहिले मोरङका विभिन्न डेङ्गु प्रभावित क्षेत्रमा स्वास्थ्य सामग्री प्रदान गरी काठमाडौँ फर्केका थिए । वीर अस्पतालमा भर्ना हुनुभएका मन्त्री लिम्बूलाई डा धुव्र गैरे नेतृत्वको टोलीले उपचार गरिरहेको जनाइएको छ ।
काठमाडौं, भदौ १० : युवा तथा खेलकुदमन्त्री डिगबहादुर लिम्बूलाई डेङ्गु सङ्क्रमण भएको छ । शुक्रबार साँझ एक्कासी ज्वरो आएर डेङ्गु सङ्क्रमण देखिएपछि उपचारका लागि आज मन्त्री लिम्बू वीर अस्पताल भर्ना भएको उनका स्वकीयसचिव रोशन राईले जानकारी दिए ।
मन्त्री लिम्बू केही दिन पहिले मोरङका विभिन्न डेङ्गु प्रभावित क्षेत्रमा स्वास्थ्य सामग्री प्रदान गरी काठमाडौँ फर्केका थिए । वीर अस्पतालमा भर्ना हुनुभएका मन्त्री लिम्बूलाई डा धुव्र गैरे नेतृत्वको टोलीले उपचार गरिरहेको जनाइएको छ ।
मन्त्री लिम्बूलाई भेट्न स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेत वीर अस्पताल पुगेका थिए । उनले मन्त्री लिम्बूको स्वास्थ्य अवस्थाबारे चिकित्सकसँग जानकारी लिएको मन्त्री बस्नेतका प्रेस संयोजक रामचन्द्र दुलालले जानकारी दिए ।
प्रकाशित मिति: ०७:५८ बजे, आइतबार, भदौ १०, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार