Kathmandu Press

जसपाको कार्यबाहक अध्यक्षको जिम्मेवारी श्रेष्ठलाई

जसपाको कार्यबाहक अध्यक्षको जिम्मेवारी श्रेष्ठलाई

काठमाडौं, भदौ ९ : जनता समाजवादी पार्टी (जसपा) नेपालको कार्यवाहक अध्यक्षको जिम्मेवारी राजेन्दप्रसाद श्रेष्ठलाई दिइएको छ।

पार्टी अध्यक्ष उपेन्द्र यादव भारतको केरेलामा हुने एक वैवाहिक कार्यक्रममा सहभागी हुन आज भारत प्रस्थान गरेपछि पार्टीका कार्यकारिणी समिति सदस्य श्रेष्ठलाई पार्टीको कार्यवाहक अध्यक्षको जिम्मेवारी दिइएको हो।

भारत भ्रमणका क्रममा अध्यक्ष यादवको दिल्लीमा उच्चस्तरीय राजनीतिक भेटघाट पनि हुने बताइएको छ। अध्यक्ष यादव यही भदौ २१ गतेसम्म भारतमै रहने छन्।

प्रकाशित मिति: १९:४९ बजे, शनिबार, भदौ ९, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्