Kathmandu Press

रोनाल्डोको ह्याट्रिकमा अल नासरको जित

रोनाल्डोको ह्याट्रिक मद्दतमा अल नासरले अल फाटेमाथि ५–० को फराकिलो जित निकाल्यो।
रोनाल्डोको ह्याट्रिकमा अल नासरको जित

काठमाडौं, भदौ ९ : साउदी प्रो लिगमा स्टार स्ट्राइकर क्रिस्टियानो रोनाल्डोले ह्याट्रिक गरेको उनको टिम अल नासर विजयी भएको छ।

रोनाल्डोको ह्याट्रिक मद्दतमा अल नासरले अल फाटेमाथि ५–० को फराकिलो जित निकाल्यो। जारी लिगमा अल नासरको यो पहिलो जित हो।

Hardik ivf

प्रिन्स अब्दुल्लाह विन जलावी स्टेडियममा सम्पन्न खेलमा अल नासरको जितमा रोनाल्डोले ह्याट्रिक गर्दा साडियो मानेले दुई गोल गरे।

खेलको २७औं मिनेटमा रोनाल्डोको पासमा मानेले गोल गर्दै अल नासरलाई सुरुवाती अग्रता दिलाए। ३८औं मिनेटमा रोनाल्डोले सुल्तान अल घनामको पासमा अल नासरको अग्रता दोब्बर बनाए।

पहिलो हाफ २–० मै सकियो। ५५औं मिनेटमा रोनाल्डोले गोल गरेपछि अल नासरले ३–० को अग्रता बनायो। ८१औं मिनेटमा मानेले अल नासरको अग्रता ४–० बनाए। त्यसपछि इन्ज्युरी समयको छौटौँ मिनेटमा रोनाल्डोले ह्याट्रिक पूरा गर्दै अल नासरलाई ५–० को सानदार जित दिलाए।

यो रोनाल्डोको अरिअरको ६३औं ह्याट्रिक हो। करिअरमा रोनाल्डोले रियल मड्रिडबाट ४४, पोर्चुगलबाट १० तथा म्यान्चेस्टर युनाइटेड र अल नासरबाट समान ३ ह्याट्रिक गरेका छन्।

यो ह्याट्रिकसँगै रोनाल्डो सन २०२३मा सर्वाधिक गोल गर्ने दोस्रो खेलाडी बनेका छन्। उनले २८ गोल गर्दा उनीभन्दा अघि रहेका हालान्डले ३० गोल गरेका छन्।

प्रकाशित मिति: ०८:२७ बजे, शनिबार, भदौ ९, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्