Kathmandu Press

क्यानले खुलायाे नेसनल आइसिटी स्कलरसिप २०८० को आवदेन

शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै क्यानले प्राविधिक शिक्षा तर्फ प्रदान गर्दै आइरहेको छात्रबृतिको नेसनल आइसीटी स्कलरसिपको आवेदन खुल्ला गरिएको जनाएको हो।
क्यानले खुलायाे नेसनल आइसिटी स्कलरसिप २०८० को आवदेन

काठमाडाैं, भदाै ८ : कम्प्युटर एसोसिएन नेपाल महासंघ (क्यान) ले नेसनल आइसिटी स्कलरसिप २०८० को आवदेन खुला गरेको छ।

शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै क्यानले प्राविधिक शिक्षा तर्फ प्रदान गर्दै आइरहेको छात्रबृतिको नेसनल आइसीटी स्कलरसिपको आवेदन खुल्ला गरिएको जनाएको हो।

Hardik ivf

छात्रवृति सूचना प्रविधि बिषयमा अध्यापन गराउने कलेज लर्ड बुद्ध एजुकेशन फाउन्डेशनसंगको सहकार्यमा सुरु गरिएको र यस वर्ष पनि ४९ जना विद्यार्थीहरुलाई आशिंक तथा पूर्ण छात्रवृत्ति प्रदान गर्न लागिएको क्यानका अध्यक्ष रणजितकुमार पौदारले जानकारी दिए।

देशको सातै प्रदेशका विद्यार्थीहरुले समान अवसर पाउने गरि प्रत्येक प्रदेशबाट १ जनालाई पूर्ण छात्रवृत्ति र बाँकी ४२ जनालाई आशिंक छात्रवृति प्रदान गरिने उनले बताए। विगत चार वर्षदेखि सञ्चालित छात्रवृति कार्यक्रम अन्तर्गत हालसम्म ४६ जना विद्यार्थीहरु अध्ययनरत रहेको उनले बताए।

क्यान महासंघ र लर्ड बुद्ध एजुकेशन फाउन्डेशनसंगबीच भएको सम्झौता अनुसार ४९ जना विद्यार्थीले २ करोड ८३ हजार रुपैया बराबरको छात्रवृत्ति पाउने पौदारले जानकारी दिए। इच्छुक विद्यार्थीले भाद्र ३१ गतेभित्र आवदेन दिनुपर्ने क्यानले जनाएको छ।

प्रकाशित मिति: १४:२८ बजे, शुक्रबार, भदौ ८, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्