Kathmandu Press

उच्च शिक्षाका लागि विदेशीएका लोहनीले अष्ट्रेलियामा खोले दोस्रो कलेज

कलेजमा ब्यचलर्स इन बिजनेस अन्तर्गत आइटी, एकाउन्ट, म्यानेजमेन्ट र हस्पिटालिटीमा पढाइ हुने लोहनीले बताए । पछिल्लो समय अष्ट्रेलिया उच्च शिक्षाका लागि जाने विद्यार्थीहरूका लागि ध्यानमा राखी नयाँ कलेज सञ्चालनमा ल्याइएको उनको भनाइ छ । 
उच्च शिक्षाका लागि विदेशीएका लोहनीले अष्ट्रेलियामा खोले दोस्रो कलेज

काठमाडौं, भदौ ८ : तनहुँबाट उच्च शिक्षाका लागि १६ वर्ष अघि अष्ट्रेलिया पुगेका सागर लोहनीले आफ्नो स्वामित्वमा अस्ट्रेलियामै दोस्रो कलेज सञ्चालनमा ल्याएका छन् । 

अष्ट्रेलियाको ‘चर्चहिल ईन्स्टिच्युट अफ हायर एजुकेसन कलेज’ भर्खरै लोहनी लगायतको स्वामित्वमा सञ्चालनमा आएको हो । 

Hardik ivf

कलेजमा ब्यचलर्स इन बिजनेस अन्तर्गत आइटी, एकाउन्ट, म्यानेजमेन्ट र हस्पिटालिटीमा पढाइ हुने लोहनीले बताए । पछिल्लो समय अष्ट्रेलिया उच्च शिक्षाका लागि जाने विद्यार्थीहरूका लागि ध्यानमा राखी नयाँ कलेज सञ्चालनमा ल्याइएको उनको भनाइ छ । 

यसअघि अष्ट्रेलियाको न्यू साउन वेल्समा उनको स्वामित्वमा प्राविधिक कलेज ‘इन्टरनेसनल इन्स्टिच्युट अफ एजुकेसन’ सञ्चालनमा आइसकेको छ । 

लोहनीले ३ बर्ष देखि अस्ट्रेलियामै चाइल्ड केयर समेत सन्चालन गर्दै आइरहेका छन् । उक्त चाइड केयरलाई अस्ट्रेलियाको स्टेट सरकारले ५३ बिलियन डलरको पाठ्यक्रम सम्बन्धी पाइलट प्रोजेक्ट संचालन गर्नका लागि चयन गरेको लोहनीले जानकारी दिए ।

लोहनीले लामो समय अष्ट्रेलियामा विभिन्न भोकेसनल कलेजहरूमा आवद्ध भएपश्चात कलेज सञ्चालनमा ल्याएका हुन् । 

अस्ट्रेलिया प्रवेशको सुरुवातीताका रिटेल चेनमा काम गरेको अनुभव समेट्दै लोहनीले हाल सिड्नीमा साथीमार्ट पनि सन्चालनमा ल्याएका छन् । लोहनी अस्ट्रेलियाको पार्लामेन्ट अन्तर्गतको नेशनल लिडरसीप फोरम मा कार्यकारी सदस्य समेत रहेका छन् । 

अब छिट्टै नेपालमा रियल स्टेट र हस्पिटालिटीको ब्यवसायमा आवद्ध हुने योजना रहेको लोहनी बताउँछन् । लोहनीले अष्ट्रेलियामा रहेर नेपालमा समाजसेवा समेत गर्दै आइरहेका छन् । 

प्रकाशित मिति: ०८:२७ बजे, शुक्रबार, भदौ ८, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्