Kathmandu Press

अवरुद्ध जोमसोम–मुक्तिनाथ सडक सञ्चालन

मुस्ताङको बारागुङ मुक्तिक्षेत्र गाउँपालिका र घरपझोङ गाउँपालिकाको सिमानामा पर्ने पान्डाखोलामा लेदोसहित आएको बाढीले सडक बगाउँदा बुधबार साँझदेखि अवरुद्ध बनेको थियो।
अवरुद्ध जोमसोम–मुक्तिनाथ सडक सञ्चालन

बागलुङ, भदौ ७ : बुधबार साँझदेखि अवरुद्ध बनेको जोमसोम–मुक्तिनाथ सडक सञ्चालनमा आएको छ।

मुस्ताङको बारागुङ मुक्तिक्षेत्र गाउँपालिका र घरपझोङ गाउँपालिकाको सिमानामा पर्ने पान्डाखोलामा लेदोसहित आएको बाढीले सडक बगाउँदा बुधबार साँझदेखि अवरुद्ध बनेको थियो।

Hardik ivf

दुई पालिकाको सिमाना पान्डाखोला नजिक पूर्वतर्फको लुप्रा पान्डाखोलाको बाढीले धार परिवर्तन गरी दक्षिणतर्फको मुख्य राजमार्गअन्तर्गत सडकमा सोझिँदा सडक अवरुद्ध बनेको थियो। बाढीले करिब २० मिटर सडक कटान गरेर क्षति पुर्‍याएको थियो।

बिहीबार बिहानदेखिको प्रयासपछि पहिरो पन्छाएर सडक सञ्चालन गरिएको बारागुङ मुक्तिक्षेत्र गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत होमबहादुर थापामगरले जानकारी दिए।

बर्खायामको मौसममा लुप्रा पान्डखोलामा बर्सेनि बाढीले अनियन्त्रित हुँदा समस्या हुने गरेको उहाँको भनाइ थियो । भौगोलिकरूपले निकै अप्ठ्यारो हुँदा बेलाबेला समस्या आइरहने थापामगरले बताए। सडक अवरुद्ध हुँदा मुक्तिनाथबाट फर्किने र जोमसोमबाट मुस्ताङ जाने पर्यटक सडकमा अलपत्र परेका थिए ।

त्यस्तै बाढीका कारण अवरुद्ध राष्ट्रिय गौरव आयोजान कालीगण्डकी करिडोरको बेनी–जोमसोम सडक पनि पाँच दिनपछि सञ्चालनमा आएको छ। उक्त सडक खण्ड शुक्रबारदेखि अवरुद्ध बनेको थियो।

प्रकाशित मिति: १८:५४ बजे, बिहीबार, भदौ ७, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्