Kathmandu Press

मिस्टर एन्ड मिस लिटल नेवा’ काभ्रेको पहिलो अडिसनबाट ३१ जना छनाेट

हलिनेवा गुठी काभ्रे मिशा कचाको आयोजनामा हुने बनेपामा ‘मिस्टर एण्ड मिस लिटल नेवा’ काभ्रेको पहिलो अडिसनमा ३१ जना बालबालिका छनौट भएको आयोजक मनिषा श्रेष्ठले जानकारी दिइन्।
मिस्टर एन्ड मिस लिटल नेवा’ काभ्रेको पहिलो अडिसनबाट ३१ जना छनाेट

काभ्रेपलाञ्चाेक, भदाै ६ : बनेपामा ‘मिस्टर एण्ड मिस लिटल नेवा’ काभ्रेको पहिलो अडिसन सम्पन्न भएको भएको छ।

हलिनेवा गुठी काभ्रे मिशा कचाको आयोजनामा हुने बनेपामा ‘मिस्टर एण्ड मिस लिटल नेवा’ काभ्रेको पहिलो अडिसनमा ३१ जना बालबालिका छनौट भएको आयोजक मनिषा श्रेष्ठले जानकारी दिइन्।

Hardik ivf

पहिलो चरणको छनौट ट्रेनर इन्द्रनारायण भैल, मिस टिन बिजेता निकिता शाक्य श्रेष्ठ, ब्युटिसियन लक्ष्मी श्रेष्ठ, फेसन डिजाइनर सुशान्तकाजी श्रेष्ठले गरेका थिए।

367733255_826238619036257_3460690646950224310_n1692777042.jpg

नेवार समुदायको बालबालिका सहभागि हुने कार्यक्रमको उद्घाटन नेपाल पत्रकार महासंघ काभ्रेका अध्यक्ष बद्रीराज तिमल्सिनाले गरेका थिए।

कार्यक्रममा हलिनेवा गुठी काभ्रे मिशा कचाका काभ्रेका अध्यक्ष विनु कर्माचार्यले ‘मिस्टर एण्ड मिस लिटल नेवा’ काभ्रेको फाइनल असोज ३ गते हुनेछ।

यस अवधिमा प्रतियोगिहरुलाई तालिम दिने, उनीहरुको क्षमता अभिवृद्धि गरिने कार्यक्रम सञ्चालन गर्ने अध्यक्ष कर्माचार्यले बताइन्।

368022141_976221123634940_2023049602049023196_n1692777040.jpg

प्रकाशित मिति: १३:२५ बजे, बुधबार, भदौ ६, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्