Kathmandu Press

खानीखोला बिजुली बत्तीको पहुँचमा, १४ हजार बढी नागरिक लाभान्वित

गाउँपालिका अध्यक्ष इन्द्रबहादुर थिङ (छिन्ताङ)ले ललितपुर हुँदै जोडिएको केन्द्रिय विद्युत प्रसारण लाइनबाट तत्काल गाउँपालिकाको कार्यालय, वडा नम्बर ५ को वडा कार्यालय, ताल्ढुंगा प्रहरी चौकी र जनविकास माविमा लाइन जोडिएसँगै बत्ती बल्ने काम समेत भएको जानकारी दिए ।
खानीखोला बिजुली बत्तीको पहुँचमा, १४ हजार बढी नागरिक लाभान्वित

काभ्रे, भदौ ६ : जिल्लाको विकट खानीखोला गाउँपालिकामा केन्द्रीय विद्युत् प्रसारण लाइन जोड्ने कामले तीव्रता पाएको छ । केन्द्रिय विद्युत प्रसारण लाइन जोड्न बाँकी जिल्लाकै एक मात्र स्थानीय तह खानीखोला गाउँपालिका सोमबारबाट विद्युतको पहुँचमा जोडिएको हो । 

गाउँपालिका अध्यक्ष इन्द्रबहादुर थिङ (छिन्ताङ)ले ललितपुर हुँदै जोडिएको केन्द्रिय विद्युत प्रसारण लाइनबाट तत्काल गाउँपालिकाको कार्यालय, वडा नम्बर ५ को वडा कार्यालय, ताल्ढुंगा प्रहरी चौकी र जनविकास माविमा लाइन जोडिएसँगै बत्ती बल्ने काम समेत भएको जानकारी दिए । उनले यो सुरुवात भएको र अबको एक वर्षभित्रमा गाउँपालिकाको सबै बस्तीमा बत्ती पुर्‍याउने गरी लागिरहेको बताए । 

Hardik ivf

‘यो शुरुवात हो, यही महिनाभित्र ५ नं. वडा हुँदै १ वर्षको अवधिमा गाउँपालिको सबै वडाका प्रत्येक घरघरमा बत्ती पुग्ने छ, हामी यही रफ्तारमा लागि रहेका छौँ,’ अध्यक्ष थिङले भने, ‘परिक्षणको चरणमा खानीखोला गाउँपालिकाको कार्यालयसँगै वडा नम्बर ५ को वडा कार्यालय, ताल्ढुंगा प्रहरी चौकी र जनविकास माविमा बत्ती जडान गरेको छ ।’

लघु जलविद्युत, सोलार तथा अन्य वैकल्पिक उपायको भरमा बस्न बाध्य स्थानीय मुहारमा केन्द्रीय प्रसारण लाइनबाट बिजुली बाल्न पाउने भएपछि खुशी भएका छन् ।

जिल्लाको खोपासीदेखि ताल्ढुंगा दुरी हिसाबले ६० किलोमिटर मात्रै टाढा रहेपनि खानीखोलाका नागरिक खोपाीमा बत्ती बलेको ५ दशक बढी कटिसक्दा समेत ग्रामीण विद्युतीकरण, सोलारकै बिजुलीमा भर पर्नु परेको छ । अझै केही बस्तीमा टुकी बत्तीकै भरमा बस्न बाध्य छन् । २०२४ सालमा खोपासी जलविद्युत् आयोजना निर्माण भएपछि पनौती आसपासको क्षेत्र बिजुली बत्तीको पहुँचसँग जोडिएको थियो । 

प्रकाशित मिति: ०८:३६ बजे, बुधबार, भदौ ६, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्