मन्त्री किरातीलाई पितृ शोक

काठमाडौं, भदौ ६ : संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीलाई पितृ शोक परेको छ ।
उनका बुवा हर्कबहादुर राईको ७६ वर्षको उमेरमा निधन भएको हो ।
मन्त्री किराती स्वयंले आफ्नो बुवाको मृत्युबारे सामाजिक सञ्जाल फेसबुकमार्फत जानकारी दिएका छन् ।
यसैबीच, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राईको मृत्युमा दुःख व्यक्ति गरेका छन् । “संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीका बुवा हर्कबहादुर राईको ७६ वर्षको उमेरमा दुखद् निधन भएकोमा उहाँप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दछु । दुःखको यस घडीमा शोक सन्तप्त परिवार, आफन्त र शुभेच्छुकहरूमा गहिरो समवेदना प्रकट गर्दछु,” प्रधानमन्त्री प्रचण्डले सामाजिक सञ्जालमा लेखेका छन् ।
प्रकाशित मिति: ०८:१७ बजे, बुधबार, भदौ ६, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार












