Kathmandu Press

नेप्से परिसूचक बढेपछि खरिदविक्रीमा उत्साह

काठमाडौं, फागुन ७ : नेप्से परिसूचक ५ दशमलव २४ अर्थात ० दशमलव ३७ प्रतिशतले बढेर १४०५ दशमलव २५ को विन्दुमा बन्द भएको छ। 

साताको  चौथ....

नेप्से परिसूचक बढेपछि खरिदविक्रीमा उत्साह

काठमाडौं, फागुन ७ : नेप्से परिसूचक ५ दशमलव २४ अर्थात ० दशमलव ३७ प्रतिशतले बढेर १४०५ दशमलव २५ को विन्दुमा बन्द भएको छ। 

साताको  चौथो  कारोबार दिन बुधबार सर्वाधिक वृद्धि हुनेमा लघुवित्त र उत्पादन तथा प्रशोधन उपसूचकहरु रहेका छन्। यिनीहरुमा क्रमशः ४ दशमलव ३४ र ३ दशमलव ४९ प्रतिशतको वृद्धि रहेको छ। बैंकिङ्ग समूह भने ० दशमलव ३१ प्रतिशतको घटेको छ। 

१३९९ दशमलव ३० को विन्दुमा खुलेको दोस्रो बजार १४०६ दशमलव २५ को उच्च विन्दुसम्म पुगेको थियो। बजारको न्यून विन्दु १३८९ दशमलव १३ थियो। १ अर्ब ६२ करोड रुपैयाँ बराबरको शेयर किनबेच भएको छ। कारोबार रकम भने अघिल्लो दिनभन्दा घटेको छ। 
 
आजको बजारको अवस्था 

Hardik ivf

आज सर्वाधिक कारोबार हुने 
सबैभन्दा धेरै शिवम् सिमेन्ट्स कम्पनीको शेयर किनबेच भएको छ। शिवम् सिमेन्ट्स कम्पनीको १४ करोड ७१ लाख बराबरको शेयर किनबेच भएको छ। 

आज सर्वाधिक कमाउने र गुमाउने 
आज आशा लघुवित्त र सामुदायिक लघुवित्तका शेयरधनीले सर्वाधिक १० प्रतिशतले कमाए भने मल्टीपर्पस फाइनान्सका शेयरधनीले सर्वाधिक ९ दशमलव ५५ प्रतिशतले गुमाए।

छोटो समयावधिको प्राविधिक विश्लेषण 

अघिल्लो दिनको विश्लेषणको निष्कर्ष अनुसार बजारको तत्कालीन प्रतिरोध १४०७ र टेवा १३७८ को क्षेत्रमा रहेको देखिन्छ भनिएको थियो। आज बजारको उतारचढाव यही टेवा र प्रतिरोधको क्षेत्रभित्र सीमित रह्यो। 

चित्र नं १ : नेप्से दैनिक मैनबत्ती प्रवृत्ति

चित्र नं १ मा दैनिक मैनबत्ती विश्लेषण अनुसार बजार हाल बढ्दो प्रवृत्तिमा रहेको छ। आजको मैनबत्तीले कारोबारको अघिल्लो समयमा विक्रेताको चाप देखिए पनि पछिल्लो समयमा क्रेताको चाप रहेको संकेत गरेको छ। परिमाणको संकेत भने सामान्य रहेको छ। 

चित्र नं.२ : पाँच मिनेट मैनबत्ती प्रवृत्ति

चित्र नं. २ मा, दुई दिनको कारोबार कस्तो रह्यो भनेर हेर्नलाई पाँच मिनेट समयावधिको मैनबत्तीलाई प्रयोग गरिएको छ। अघिल्लो दिन प्रवृत्तिहीन रहेको बजार आज पनि त्यही अवस्थामा रहे पनि अर्को कारोबार दिन क्रेताको चाप हुन सक्ने देखिन्छ। 

२१ र ५० समयावधिको एक्सपोनेन्सियल मुभिङ्ग एभरेज (ईएमए)हरुले बजारमा क्रेताको चाप हुँदै गएको संकेत गरेको छ। रिलेटिभ स्ट्रेन्थ इन्डेक्स (आरएसआई) ६८ दशमलव ५५ अंकमा रहेको छ। आरएसआईको प्रवृत्तिले बजार केही बढ्न सक्ने संकेत गरेको छ। कारोबारको अन्तिम समयमा स्टोकास्टिक अक्सिलेटरले बजारमा शेयर बढी खरिद भएको संकेत गरेको छ। 

निष्कर्ष : छोटो समयावधिको बजारको प्रवृत्ति र सूचकहरुलाई समग्र रुपमा हेर्दा बजार आज सकारात्मक हुन खोजेको देखिन्छ। यदि बजार १४०७ भन्दा माथि स्थिर रहेमा बजार केही सकारात्मक हुन सक्ने संकेत गर्दछ। अर्को तत्कालीन  प्रतिरोध १४१७ को क्षेत्रमा रहेको देखिन्छ। यदि बजार १३८७ भन्दा तल स्थिर रहेमा बजार केही सच्चिन सक्ने संकेत गर्दछ र अर्को तत्कालीन टेवा १३७८ को क्षेत्रमा रहेको देखिन्छ।  
 

प्रकाशित मिति: १८:५७ बजे, बुधबार, फागुन ७, २०७६
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्