Kathmandu Press

१० खेलाडीमा समेटिएको आर्सनलको जित

सोमबार राति भएको खेलमा १० खेलाडीमा समेटिएको आर्सनलले क्रिस्टल प्यालेसलाई उसकै मैदानमा १–० ले हरायो।
१० खेलाडीमा समेटिएको आर्सनलको जित

काठमाडौं, भदौ ५ : इंग्लिस प्रिमियर लिगमा आर्सनल विजयी भएको छ। सोमबार राति भएको खेलमा १० खेलाडीमा समेटिएको आर्सनलले क्रिस्टल प्यालेसलाई उसकै मैदानमा १–० ले हरायो।

पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलमा आर्सनलले ५३औं मिनेटमा अग्रता लियो। उसका लागि कप्तान मार्टिन ओडेगार्डले पेनाल्टीमा गोल गरेका थिए।

६७औं मिनेटमा आर्सनल १० खेलाडीमा समेटियो। उसका डिफेन्डर ताकेहिरो टोमियासुले ७ मिनेट अन्तरमा दोहोरो पहेँलो कार्ड पाएका थिए। त्यसपछि क्रिस्टल प्यालेसले आर्सनल माथि दबाब बनाए पनि गोल गर्न सकेन।

यससँगै आर्सनलले लिगको नयाँ सिजन आफ्नो शतप्रतिशत सुरुआतलाई कायम राखेको छ ।

यो जितपछि आर्सनल सुरुआती अंक तालिकाको तेस्रो स्थानमा उक्लेको छ भने उसको अगाडि सुरुआती दुवै खेलमा विजयी ब्राइटन र म्यानचेस्टर सिटी रहेका छन्।

प्रकाशित मिति: ०८:३३ बजे, मंगलबार, भदौ ५, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्