Kathmandu Press

नवलपरासीमा बस दुर्घटना हुँदा २९ जना घाइते, २ जनाको अवस्था गम्भीर

प्रहरीका अनुसार धनगढीका ४९ वर्षका मित्रसिंह खड्का र ६ वर्षकी रश्मी दर्लामी मगर गम्भीर घाइते भएका छन्।
नवलपरासीमा बस दुर्घटना हुँदा २९ जना घाइते, २ जनाको अवस्था गम्भीर

नवलपरासी, भदौ ५ : महेन्द्रराजमार्ग अन्तर्गत पूर्वी नवलपरासीको दुम्कीबासमा बस दुर्घटना हुँदा २९ जना घाइते भएका छन्।

जिल्ला प्रहरी कार्यालय कावासोतीका अनुसार धनगढीबाट काठमाडौं जाँदै गरेको रात्रिबस मंगलबर बिहान सवा ४ बजे दुम्कीबासमा दुर्घटना हुँदा घाइते भएकामध्ये २ जनाको अवस्था गम्भीर छ।प्रहरीका अनुसार गम्भीर घाइते हुनेमा धनगढीका ४९ वर्षका मित्रसिंह खड्का र ६ वर्षकी रश्मी दर्लामी मगर रहेका छन्।

Hardik ivf

प्रहरीका अनुसार गम्भीर घाइते हुनेमा धनगढीका ४९ वर्षका मित्रसिंह खड्का र ६ वर्षकी रश्मी दर्लामी मगर रहेका छन्। उनीहरु दुई जनासहित कावासोतीमा उपचार हुन नसकेका १२ जनालाई थप उपचारका लागि भरतपुर पठाइएको प्रहरीले जनाएको छ।

धनगढीबाट काठमाडौं जाँदै गरेको ०१ ००१ ख २९८६ नम्बरको रात्रिबस दाउन्नेको घ्युखोलामा पल्टिएको हो। ब्रेक फेल भएका कारण बस पल्टिएको प्रहरीले जनाएको छ।

प्रकाशित मिति: ०८:२५ बजे, मंगलबार, भदौ ५, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्