उपराष्ट्रपति यादव स्वदेश फर्किए

काठमाडौं, भदौ ४ : उपराष्ट्रपति रामसहायप्रसाद यादव चीनको भ्रमणबाट सोमबार स्वदेश फर्किएका छन्।
‘सातौँ चीन दक्षिण एसिया प्रदर्शनी’ र ‘२७औँ चीन कुनमिङ आयात निर्यात मेला’मा सहभागी उपराष्ट्रपति यादव साउन २९ गते चीन गएका थिए। उजले नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रर्दशनी तथा मेलामा सहभागिता जनाएका थिए।
उपराष्ट्रपति यादवका साथमा धर्मपत्नी चम्पादेवी यादव, उपराष्ट्रपति कार्यालयका सचिव मधुसुदन बुर्लाकोटी, निजी चिकित्सक शिवाजी विक्रम सिलवाल, स्वकीय उपसचिव शत्रुधन यादव, सेनानी रत्नबहादुर श्रेष्ठ र सहसेनानी भीमसेन देवकोटा सहभागी थिए।
प्रकाशित मिति: १८:३९ बजे, सोमबार, भदौ ४, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार












