Kathmandu Press

नेप्से दोहोरो अंकले घट्यो

नेप्से दोहोरो अंकले घट्यो

काठमाडौं, भदौ ४ : नेप्से परिसूचक सोमबार पनि दोहोरो अंकले घटेको छ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक १२ दशमलव ९३ अकले ओरालो लागेर एक हजार नौ सय ९८ दशमलव २८ मा सीमित भएको छ।

Hardik ivf

ठूला कम्पनीको शेयर कारोबार मापक सेन्सेटिभ परिसूचक एक दशमलव ५० अंकले घटेर तीन सय ८२ दशमलव ६२ मा सीमित भएको छ। कुल ४१ लाख ६३ हजार आठ सय ७२ कित्ता शेयर एक अर्ब ४० करोड ८९ लाख ८१ हजार छ सय एक मूल्यमा कारोबार भएको छ।

कारोबारका आधारमा शिवम् सिमेन्ट शीर्ष स्थानमा छ। सो कम्पनीको आठ करोड दुई लाख ४७ हजार दुई सय ३४ रुपैयाँमा कारोबार भयो।

यस्तै, आइएमई लाइफ इन्स्योरेन्स पाँच करोड ८३ लाख ७७ हजार दुई सय ८८, सोल्टी होटल पाँच करोड ७८ लाख ६१ हजार नौ सय ५०, घोराही सिमेन्ट पाँच करोड छ लाख १२ हजार चार सय ६१ र हिमालयन डिस्टिलरी चार करोड ४२ लाख ३५ हजार दुई सय तीन रुपैयाँ बराबरको कारोबार भएको छ।

नेप्सेका अनुसार, लक्ष्मी लघुवित्त र कुर्थली बुखरी स्मल हाइड्रोपावरको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ। सामलिङ पावर कम्पनी पाँच दशमलव १८, सुपर मादी हाइड्रोपावर तीन दशमलब ८२ र सयपत्री हाइड्रोपावरका लगानीकर्ताले दुई दशमलव ९० प्रतिशतले कमाएका छन्।

यस्तै, मेछ्यान हाइड्रोपावर सात दशमलव ९९, हिमालयन पावर पार्टनर पाँच दशमलव ७७, कृषि विकास बैंकको ऋणपत्र पाँच दशमलव ५९, भूगोल इनर्जी पाँच दशमलव १६ र बलेफी हाइड्रोपावरका लगानीकर्ताले पाँच दशमलब शुन्य चार प्रतिशतले गुमाएका छन्।

प्रकाशित मिति: १७:०२ बजे, सोमबार, भदौ ४, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्