Kathmandu Press

काठमाडौँबाट केरुङ हुँदै सिमकोटमा खाद्यान्न ल्याइँदै

यसअघि ढुवानीको जिम्मा पाएको सप्लायर्सले काठमाडौंमा लिमिटेडबाट खाद्यान्न बुझेर गाडी लोड गरिएको र तिब्बति मार्गबाट ढुवानी गर्न प्रक्रिया मिलाएर खाद्यान्न लोड गाडी हुम्लातर्फ लागेको छ।
काठमाडौँबाट केरुङ हुँदै सिमकोटमा खाद्यान्न ल्याइँदै

हुम्ला, भदौ ३ : नेपालको संघीय राजधानी काठमाडौंबाट केरुङ नाका हुँदै हुम्लाको सदरमुकाम सिमकोटमा खाद्यान्न ल्याइने भएको छ। गाडीमार्फत पैदल मार्ग भएर चार हजार क्वीन्टल खाद्यान्न ल्याइने भएको हो।

खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले काठमाडौंबाट रसुवाको केरुङ नाका हुँदै हुम्लामा खाद्यान्न पठाएको हुम्ला शाखाका प्रमुख कृष्णप्रसाद अधिकारीले बताए। उनका अनुसार साउन महिनाभरि हवाई उडान कम भएकाले हुम्लामा खाद्यान्न समस्या भएको छ।

Hardik ivf

जिल्लामा खाद्यान्न समस्या देखिएको बेला केरुङ नाका हुँदै तिब्बती मार्गबाट हिल्सादेखि सिमकोटसम्म चार हजार क्वीन्टल खाद्यान्न लोड भएका ४० वटा गाडीमा ढुवानी गरेर आज काठमाडौंबाट हुम्लाको लागि छुटेको शाखा प्रमुख अधिकारीले जानकारी दिए।

उनका अनुसार यसअघि ढुवानीको जिम्मा पाएको सप्लायर्सले काठमाडौंमा लिमिटेडबाट खाद्यान्न बुझेर गाडी लोड गरिएको र तिब्बति मार्गबाट ढुवानी गर्न प्रक्रिया मिलाएर खाद्यान्न लोड गाडी हुम्लातर्फ लागेको छ।

काठमाडौं, केरुङ, तिब्बत र हिल्सा हुँदै सिमकोटसम्म पुग्ने खाद्यान्नप्रति क्वीन्टल रु सात हजार पाँच सय, नाम्खा गाउँपालिकाको याल्वाङसम्म ढुवानी हुने प्रतिक्वीन्टल खाद्यान्न चार हजार आठ सय ढुवानी लाग्नेछ।

नेपालगञ्जबाट हवाई मार्गबाट ढुवानी हुने खाद्यनन्नको हवाई भाडाप्रति क्वीन्टल १६ हजार लाग्ने गर्छ भने सुर्खेतबाट प्रतिक्वीन्टल १५ हजार पाँच सय रुपियाँ लिमिटेडले तिर्दै आएको छ।

प्रकाशित मिति: ०७:१९ बजे, सोमबार, भदौ ४, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्