Kathmandu Press

‘शिक्षा क्षेत्रमा लगानी धेरै छ, परिणाम अपेक्षित छैन’

अपाङगता भएको व्यक्तिलाई कसरी शिक्षाको मुल क्षेत्रमा ल्याउन सकिन्छ, बालबालिकाको क्षेत्रमा आवश्यक बजेट विनियोजन गर्ने विषयमा पनि सरकारले उचित कदम चलाउनुपर्ने डा. राणाले बताइन्।
‘शिक्षा क्षेत्रमा लगानी धेरै छ, परिणाम अपेक्षित छैन’

कैलाली, भदाै ३ : प्रतिनिधिसभा सदस्य तथा कांग्रेस नेतृ डा. आरजु राणा देउवाले नेपालमा शिक्षा क्षेत्रमा धेरै लगानी भए पनि अपेक्षित परिणाम आउन नसकेको बताएकी छिन्।

धनगढीमा आइतबार आयोजित ‘समावेशी तथा गुणस्तरीय शिक्षा र बालबालिका लागि बजेट’ सूदुरपश्चिम प्रदेश स्तरीय गोष्ठीमा उनले सरकारले शिक्षा क्षेत्रमा प्रशस्त लगानी गरेपनि प्रतिफल लागनी अनुसार नआएको बताइन्।

१२ पास गर्ने वित्तिकै युवाहरू रोजगारीका लागि विदेशिने गरेको बताउँदै त्यसलाई रोक्न सरकारले नेपालमै पढाइसँगै रोजगारीको व्यवस्था गर्नुपर्ने बताइन्। उनले बीचमै पढाई छाड्ने दर पनि धेरै भएकाले यसको न्यूनिकरणका बारेमा पनि गम्भीर हुनुपर्ने उल्लेख गरिन्।

Hardik ivf

A1692542739.JPG

अपाङगता भएको व्यक्तिलाई कसरी शिक्षाको मुल क्षेत्रमा ल्याउन सकिन्छ, बालबालिकाको क्षेत्रमा आवश्यक बजेट विनियोजन गर्ने विषयमा पनि सरकारले उचित कदम चलाउनुपर्ने डा. राणाले बताइन्।

‘नेपालमा महिलाको संख्या घट्नु गम्भीर विषय हो,’ उनले भनिन्, ‘महिलाको संख्या घट्नुमा लिंग पहिचान गरेर गरिने भ्रुणहत्या पहिलो कारण भएकाले हो । यसमा गम्भीर कदम चाल्न आवश्यक छ।’

ग्रामिण महिला विकास तथा एकता केन्द्र (रुडुक)ले आयोजना गरेको कार्यक्रममा समावेशी शिक्षा प्रवद्र्धनका लागी शारिरिक तथा मानसिक अपाङ्गता भएका तथा तेश्रो लिङ्गी बालबालिकाको स्विकार्यता, पहुँच, अनुकुलन र उपलब्धतालाई ध्यान दिदैं विभेद रहित शिक्षण तथा सिकाई क्रियाकलापका बारेमा छलफल गरिएको थियो ।

b1692542732.jpg

गोष्ठीमा सहभागीले प्रदेशभित्र सञ्चालित विशेष विद्यालय, एकिकृत विद्यालय र स्रोत कक्षामा कार्यरत शिक्षकहरुलाई आवश्यक तालिम दिन, बालबालिकालाई प्रविधी मैत्री शिक्षाको पहुँच सुनिश्चितता गर्नका लागि आवश्यक नीति, कार्यक्रम र योजना तर्जुमा गर्न र बालबालिकाको लागि छुट्टै बजेटको व्यवस्था गर्नु पर्ने बताएका थिए।

प्रकाशित मिति: २०:२५ बजे, आइतबार, भदौ ३, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्