Kathmandu Press

मेसीले लागातार सातौं खेलमा गोल गर्दा मियामीले जित्यो इतिहासकै पहिलो उपाधि

मेसीले लागातार सातौं खेलमा गोल गर्दा मियामीले जित्यो इतिहासकै पहिलो उपाधि

काठमाडाैं, भदाै ३ : अर्जेन्टिनी स्टार लियोनल मेसीको प्रेरणादाणी प्रदर्शन मद्दतमा इन्टर मियामीले इतिहासकै पहिलो उपाधि जितेको छ।

मियामीलाई इतिहासकै पहिलो उपाधि दिलाउने क्रममा मेसीले डेब्यूयताका सबै सात खेलमा गोल गरे। आइतबार बिहान भएको लिग्स कपको फाइनलमा नासभिल एससीलाई पेनाल्टी सुटआउटमा १०–९ ले हराउँदै इन्टर मियामीले उपाधि जितेको हो।

निर्धारित समयको खेल १–१ गोलको बराबरीमा सकिएपछि खेल टाइब्रेकरमा धकेलिएको थियो। पेनाल्टीमा दुवैतर्फबाट ११–११ पेनाल्टी प्रहार भएकोमा इन्टर मियामीका १० खेलाडीले गोल गरे भने नासऐलका ९ खेलाडीले गोल गरे।

नासभिलका लागि अन्तिम पेनाल्टी प्रहार गरेका गोलकिपर एलिओट प्यानिक्कोले गोल गर्न सकेनन् भने इन्टर मियामीका गोलकिपर ड्राक क्यालेन्डरले विजयी पेनाल्टी प्रहार गरेका थिए।

त्यसअघि २३औँ मिनेटमा मेसीले उत्कृष्ट गोल गर्दै मियामीलाई सुरुवाती अग्रता दिलाएका थिए। तर नाशभिलका लागि ५७ औं मिनेटमा फाफा पिकाल्टले बराबरी गोल फर्काए।

मेसीको आगमनसँगै मियामी सात खेलमा अपराजित छ। लागतार सात खेलमा गोल गरेका मेसीले कुल १० गोल गरेका छन्।

प्रकाशित मिति: १२:२४ बजे, आइतबार, भदौ ३, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्