Kathmandu Press

पहिराले बेँसीसहर–चामे सडक पुनः अवरुद्ध

सडकअन्तर्गत बेँसीसहर नगरपालिका वडा नं ६ खरखरेभिर, मर्स्याङ्दी गाउँपालिका वडा नं ४ स्थित तीन ठाउँमा पहिरो गएको कार्यालयका सूचना अधिकारी एवं इन्जिनियर पुरुषोत्तम अधिकारीले जानकारी दिए।
पहिराले बेँसीसहर–चामे सडक पुनः अवरुद्ध

लमजुङ, भदौ ३ : पहिराले बेँसीसहर–चामे सडक पुनः अवरुद्ध भएको छ।

आइतबार बिहान लमजुङ र मनाङ जोड्ने  यस सडकखण्डअन्तर्गत खरखरेभिर, हवाईडाँडा, बक्स कटिङ र च्याम्चेमा गएको पहिराले सडक पुनः अवरुद्ध भएको डुम्रे–बेँसीसहर–चामे सडक योजना कार्यालयले जनाएको छ।

Hardik ivf

सडकअन्तर्गत बेँसीसहर नगरपालिका वडा नं ६ खरखरेभिर, मर्स्याङ्दी गाउँपालिका वडा नं ४ स्थित तीन ठाउँमा पहिरो गएको कार्यालयका सूचना अधिकारी एवं इन्जिनियर पुरुषोत्तम अधिकारीले जानकारी दिए।

पहिरोमध्ये हवाईडाँडामा ठूलो पहिरो गएको उनले बताए । सो स्थानमा ठूला–ठूला ढुङ्गासहितको पहिराले सडक अवरुद्ध भएको छ।

केही ठाउँमा सडक खुलाउने प्रयास भए पनि समय लाग्ने भएको छ। सडक अवरुद्ध भएसँगै सवारीसाधन सञ्चालन हुन नसक्दा यात्रु अलपत्र परेका छन्। यसअघि गत आइतबारसमेत नासों गाउँपालिका–१ तालडाँडामा पहिराले सडक अवरुद्ध बनाएको थियो।

त्यस्तै ६ दिनअघिसमेत यस सडकको विभिन्न स्थानमा पहिराले सडक अवरुद्ध बनाएको थियो। यसरी पटक–पटक सडक अवरुद्ध हुँदा जिल्लाको उत्तरी भेगका स्थानीय र मनाङवासीलाई मर्का पर्दै आएको छ।

सडक सञ्चालनमा आएको वर्षौँ भए पनि सडक गुणस्तरीय बन्न नसक्दा थप जीर्ण र जोखिम रहँदै गएको यात्रुहरूले बताएका छन्। पैसठ्ठी किलोमिटरको यस सडक लमजुङतर्फ ३५ र मनाङतर्फ ३० किमी रहेको छ।

प्रकाशित मिति: १२:१३ बजे, आइतबार, भदौ ३, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्