Kathmandu Press

प्रिमियर लिगमा सिटी, लिभरपुल र टोटनहम विजयी

डिफेन्डिङ च्याम्पियन सिटीले न्युकासल युनाइटेडलाई १-०ले हराउँदा लिभरपुलले बर्नेमाउथलाई ३-१ले र टोटाहमले म्यान्चेस्टर युनाइटेडलाई २-०ले हरायो।
प्रिमियर लिगमा सिटी, लिभरपुल र टोटनहम विजयी

काठमाडौं, भदौ ३ : इंग्लिस प्रिमियर लिगअन्तर्गत शनिबार राति भएका खेलमा म्यान्चेस्टर युनाइटेड, लिरपुल र टोटनहम विजयी भएका छन्।

डिफेन्डिङ च्याम्पियन सिटीले न्युकासल युनाइटेडलाई १-०ले हराउँदा लिभरपुलले बर्नेमाउथलाई ३-१ले र टोटाहमले म्यान्चेस्टर युनाइटेडलाई २-०ले हरायो।

शनिबार राति घरेलु मैदानमा सिटीलाई जित दिलाउन जुलियन अल्भारेजले ३१औं मिनेटमा निर्णायक गोल गरे। निकै प्रतिस्पर्धात्मक खेलमा त्यसपछि कुनै गोल नहुँदा सिटी विजयी भयो। घरेलु मैदानमा सिटीको लागतार १७औं जित हो।

Hardik ivf

टोटनहमले म्यानचेष्टर युनाइटेडलाई घरेलु मैदानमा २-० ले हरायो। टोटनहमका लागि पापे मटार सारले एक गोल गरे भने अर्को गोल युनाइटेडका लिसान्द्रो मार्टिनेजले गरेका थिए। दुवै गोल दोस्रो हाफमा सम्भव भएको थियो।

अर्को खेलमा १० खेलाडीमा समेटिएको लिभरपुलले बर्नमाउथमाथि ३-१ को जित निकाल्यो। एलेक्सिस म्याक अलिस्टरले रातो कार्ड पाएको खेलमा लिभरपुल सुरुमै पछि परेको थियो।

एन्टोनी सेमेन्योले तेस्रो मिनेटमै गोल गर्दै बर्नेमाउथलाई अग्रता दिलाएका थिए। तर, लुइस डियाजले २८औं मिनेटमा गोल गर्दै लिभरपुललाई खेलमा फर्काए।

३६औं मिनेटमा मोहमद सलाहले गोल गरेपछि लिभरपुलले अग्रता लियो। उनको पेनाल्टीले किपरले रोकेपछि रिबाउन्डमा गोल गरेका थिए।

५८औं मिनेटमा लिभरपुलका १० खेलाडीमा समेटियो। उसका म्याक एलिस्टरले रातो कार्ड पाएका थिए। ६०औं मिनेटमा डिएगो जोटाले गोल गरेपछि लिभपुल ३)१ले विजयी भयो।

यस्तै अर्को खेलमा ब्राइटनले वुल्भसलाई ४-१ ले हरायो। वुल्भसको मैदानमा ब्राइटनलाई जिताउन सोली मार्चले दुई तथा काउररु मिटोना र पर्भिस इस्तुपिनानले गोल गरे।

 

 

प्रकाशित मिति: ०८:३७ बजे, आइतबार, भदौ ३, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्