Kathmandu Press

हृदयघातका कारण सशस्त्र प्रहरी उपरीक्षक थपलियाको निधन

बाराको गढीमाईसम्म शनिबार बिहान साइक्लिङ गरेर फर्किएका थपलियाको दिउँसो १ः०० बजेतिर हृदयघातका कारण निधन भएको पर्साका प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले जानकारी दिए।
हृदयघातका कारण सशस्त्र प्रहरी उपरीक्षक थपलियाको निधन

वीरगन्ज, भदौ २ : सशस्त्र प्रहरी बल नेपाल नम्बर १३ गण, पर्साका प्रमुख प्रहरी उपरीक्षक सुमन थपलियाको निधन भएको छ।

बाराको गढीमाईसम्म शनिबार बिहान साइक्लिङ गरेर फर्किएका थपलियाको दिउँसो १ः०० बजेतिर हृदयघातका कारण निधन भएको पर्साका प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले जानकारी दिए।

Hardik ivf

साइक्लिङबाट फर्किएपछि उनी गणस्थित आफ्नै कोठामा आराम गरिरहेका बेला अचानक बेहोस भएको बताइएको छ। बेहोस भएका उनलाई उपचारका लागि वीरगन्जस्थित नेपाल मेडिसिटी वयोधा अस्पताल लगिएको थियो । तर, चिकित्सकहरुले अस्पताल पुर्याउनुअघि नै मृत्यु भएको घोषणा गरेका थिए।

नुवाकोट स्थायी घर भएका थपलियाको परिवार अहिले काठमाडौंमा बस्दै आएको छ। उनी सात महिनाअघि सशस्त्र प्रहरी बल नेपाल नम्बर १३ गण हेडक्वार्टरको प्रमुखको जिम्मेवारीमा आएका थिए।

प्रकाशित मिति: २०:४४ बजे, शनिबार, भदौ २, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्