तरुण दल साथी संगठनका रुपमा अघि बढेको छ : कांग्रेस नेता बस्नेत
युवाहरुमा अझै उर्जाशील, जोश–जाँगर बढाउनको लागि प्रशिक्षण कार्यक्रम आव्श्यक भएको उनले बताए।काभ्रे, भदौ २ : नेपाली कांग्रेसका केन्द्रीय सदस्य जितजंग बस्नेतले केन्द्रीय सदस्यलाई बनेपामा सम्मान नेपाल तरुण दल कांग्रेसको भातृ संगठनका साथै साथी संगठनको रुपमा अघि बढेको बताएका छन्।
तरुण दलको केन्द्रीय सदस्यमा मनोनित भएकाहरुलाई सम्मान गर्न आयोजित कार्यक्रममा उनले कांग्रेसको विचार, आदर्श, चिन्तनहरू बोकेर तरुण दल अघि बढ्नु पर्ने बताए। युवाहरुमा अझै उर्जाशील, जोश–जाँगर बढाउनको लागि प्रशिक्षण कार्यक्रम आव्श्यक भएको उनले बताए।
सोही कार्यक्रममा पूर्वकेन्द्रीय सदस्य शिव हुमागाईंले विगतका योगदानको कदर गर्दै तरुण दलको साथमा आफू सधै रहेको बताए भने प्रदेश महामन्त्री राजु श्रेष्ठले युवा मतदाता आकर्षित गर्ने योजना ल्याउन तरुण दललाई अनुरोध गरे।
यस्तै, काभ्रे कांग्रेसका सभापति तथा बाग्मती प्रदेशका खानेपानी, उर्जा तथा सिंचाइमन्त्री तीर्थ लामाले तरुण दललाई संगठन विस्तारमा लाग्न निर्देशन दिँदै निकट भविष्यमा १ लाख तरुण सहभागी गराएर कार्यक्रम गर्न आवश्यक रहेको बताए। तरुणहरु अध्ययनशील र जुझारु हुन आवश्यक भएको भन्दै त्यस्ता तरुणले नै तर्क र विचार प्रवाह गर्न सक्ने उनले बताए।
कार्यक्रममा कांग्रेसका जिल्ला सचिप माधप ढकाल, नेता प्रचण्डराज प्रधान ,नेपाल तरुण दल काभ्रेका पूर्वअध्यक्ष प्रकाश थापा, हरिबहादुर श्रेष्ठ, राम जोशी, जितेन्द्रमान तामाङ, केन्द्रिय सदस्य सुधीर बैधलगायत उपस्थित थिए।
तरुण दल बनेपा नगर कार्यसमिति र नेपाल ट्रेड युनियन काग्रेंस बनेपा नगर समितिले आयोजना गरेको कार्यक्रममा तरुण दल बनेपाका पूर्वअध्यक्ष सुधिर बैद्य, दिल लामा, कुलध्वज तामाङ, स्मिता लामा, संग्रामसिं दोङ, बेलबहादुर तामाङ, रोशन पाण्डे, कमल तामाङलाई सम्मान गरिएको थियो ।
यस्तै, तरुण दल काभ्रेका पूर्वअध्यक्ष तीर्थबहादुर पसखल, प्रकाश थापा, हरिबहादुर श्रेष्ठ, राम जोशी, जितेन्द्रमान तामाङलाई पनि सम्मान गरिएको थियो।