Kathmandu Press

पत्रकार आचार्यको निधन

उनको ८६ वर्षको उमेरमा गए राति काठमाडौँमा निधन भएको हो। पत्रकार आचार्य लामो समयदेखि अल्जाइमर्स रोगबाट पीडित थिए।
पत्रकार आचार्यको निधन

काठमाडौं, भदौ २ : पत्रकार, लेखक एवम पूर्वप्रशासक डिल्लीप्रसाद आचार्यको निधन भएको छ।

उनको ८६ वर्षको उमेरमा गए राति काठमाडौँमा निधन भएको हो। पत्रकार आचार्य लामो समयदेखि अल्जाइमर्स रोगबाट पीडित थिए।

१९९४ मङ्सिर आठ गते बागलुङको रामरेखामा जन्मिनुभएका आचार्यले लामो समय पत्रकारिता गरेका थिए।

उनको आजै पशुपतिस्थित आर्यघाटमा अन्त्येष्टि गरिएको पत्रकार नारायण सापकोटाले जानकारी दिए। उनका श्रीमति, तीन छोरा र दुई छोरी छन्। 
 
प्रकाशित मिति: १७:२६ बजे, शनिबार, भदौ २, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्