Kathmandu Press

विश्व मानवता दिवस मनाइँदै

यस वर्षको नारा ‘जे भए पनि सँगै’ अर्थात् जस्तोसुकै परिस्थितिमा पनि मानव अधिकारका लागि सबै समुदायसँग काँधमा काँध मिलाएर काम गर्ने भन्ने रहेको छ।
विश्व मानवता दिवस मनाइँदै

काठमाडौँ, भदौ २ : विश्व मानवता दिवस आज नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदै छ। हरेक वर्षको अगष्ट १९ तारिखमा यो दिवस मनाउने गरिन्छ। 

यस वर्षको नारा ‘जे भए पनि सँगै’ अर्थात् जस्तोसुकै परिस्थितिमा पनि मानव अधिकारका लागि सबै समुदायसँग काँधमा काँध मिलाएर काम गर्ने भन्ने रहेको छ।

संयुक्त राष्ट्रसङ्घअन्तर्गत नेपाल रहेका विभिन्न निकाय तथा अन्य गैरसरकारी सङ्घसंस्थाले मानवीय सहयोगी क्षेत्रमा जस्तोसुकै परिस्थितिमा पनि काम गर्ने प्रणसहित दिवस मनाइरहेका छन्।

Hardik ivf

सन् २००३ को अगष्ट १९ मा इराकको बगदादस्थित संयुक्त राष्ट्रसङ्घमा भएको आक्रमणमा परी राष्ट्रसङ्घका २२ कर्मचारीको मृत्यु भएको थियो।

सोही दिनको स्मरण गर्दै विश्वभर मानवता सहायताका लागि काम गर्दै आएकालाई प्ररेणा मिलोस् भन्ने उद्दश्यले राष्ट्रसङ्घले यो दिवस मनाउन सुरु गरेको हो।

उक्त घटनाको २० वर्षपछि आज संयुक्त राष्ट्रसङ्घले विश्वभरका दुई सय ५० अर्बौं मानिसलाई सहयोग गर्ने लक्ष्यसहित काम गरिरहेको जनाएको छ।
         
मानव अधिकारका लागि गर्ने प्रयाससँगै सङ्घले सामना गर्नुपर्ने चुनौतीसमेत बढेको छ। बढ्दो भूराजनीतिक तनाव, अन्तर्राष्ट्रिय मानव अधिकारसँग सम्बन्धित कानुनको बेवास्ता र जानाजानी हुने आक्रमणले मानव अधिकारको विषयमा चुनौती थपेको हो। 
    
मानव अधिकारको सम्मान, संरक्षण तथा संवर्धन गर्नका लागि मानव अधिकार रक्षकको भूमिका महत्वपूर्ण हुने राष्ट्रिय मानव अधिकार आयोगले जनाएको छ।

आयोगका अनुसार मानव अधिकार रक्षकको पहिचान, सुरक्षा, सञ्जालीकरण तथा उनीहरुको अधिकारको संरक्षण, सम्वद्र्धनलगायतका विषयमा राज्यबाट धेरै काम हुन सकेको छैन।

आयोगको मानव अधिकार रक्षक सम्मेलन प्रतिवेदन, २०७९ अनुसार मानव अधिकार रक्षकले धम्की, आक्रमण, दबाब तथा मानसिक तनाव समेतको सामना गर्नुपरेको उल्लेख गरिएको छ।

उक्त प्रतिवेदनले विभिन्न किसिमका समस्या, जोखिम तथा चुनौतीको सामना गर्नुपरेको विषयलाई सम्बोधन गर्न नीतिगत तथा संयन्त्रगत व्यवस्थाको आवश्यकतालाई औँल्याएको छ। 

प्रकाशित मिति: १५:०३ बजे, शनिबार, भदौ २, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्